कोशीका मुख्यमन्त्री थापाबिरुद्धको रिट आज पनि हेर्न नभ्याइने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कोशीका मुख्यमन्त्री थापाबिरुद्धको रिट आज पनि हेर्न नभ्याइने

काठमाडौं। कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई नियुक्त गरिएपछि त्यसबिरुद्ध सर्वोच्च अदालतमा परेको रिट आज पनि हेर्न नभ्याइने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट आज पनि हेर्न नभ्याइने भन्दै स्थगित भएको हो। यसअघि, दुईपटक सुनुवाइ तोकिएको भए पनि हेर्न नभ्याउने भन्दै सर्वोच्च अदालतका न्यायाधिशले स्थगित गर्दै आएका थिए।

असार २१ गते बिहीबार सभामुख बाबुराम गौतमलाई समेत जोडेर कोशी प्रदेश सरकार गठन गरिएपछि नेकपा (एमाले)का निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।

रिटमा हालै नियुक्त भएका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ।

कार्कीले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गरेका छन्। उता मुख्यमन्त्री थापाले भने प्रदेश मन्त्रिपरिषद् विस्तार गरी ५ सदस्य पुर्याएका छन्। थापा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता समेत हुन्।

असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि कार्कीले परमादेश माग गरेका छन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार २६, १६: ०९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० असार २६, १६: ०९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० असार २६, १६: ०९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...