दुर्गा प्रसाइँसँग ३० करोड दिन धम्क्याउने गुरुङ पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

दुर्गा प्रसाइँसँग ३० करोड दिन धम्क्याउने गुरुङ पक्राउ

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्क्याएर ३० करोड रुपैयाँ माग गर्ने रमेश गुरूङलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।

केही दिनअघि व्यवसायी प्रसाईंलाई फोन गरी ३० करोड रुपैयाँ चन्दा माग गर्ने गुरुङलाई सीआईबीको टोलीले मंगलबार दिउँसो महाराजगञ्जबाट पक्राउ गरेको हो।
प्रसाईंसँग बार्गेनिङ गर्दा पाँच करोडसम्मको ‘डिल’ भइसकेको थियो। रकम नदिए ज्यान मार्ने धम्की समेत निज गुरुङले दिएको प्रसाईंको आरोप छ।

यसरी पैसा माग गरेको भन्ने खबर पाएपछि केही दिनदेखि सिआइबीले उनको खोजी गरिरहेको थियो। त्यही क्रममा महाराजगञ्जमा उनी फेला परेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार गुरुङको घर खोटाङ हो।

प्रसाईसँग ३० करोड मागेका गुरुङ पाँच करोड रुपैयाँ लिन भन्दै महाराजगञ्ज पुगेका थिए। त्यति नै बेला सीआईबीले उनलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता संजय थापाले जानकारी दिए ।

प्रसाईंले ३० करोड चन्दा मागेका गुरुङलाई पाँच करोड दिने भन्दै बोलाएका थिए। तर उनले त्यसअघि नै प्रहरीलाई जानकारी दिइसकेका थिए। गुरुङलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार २६, १९: ३७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० असार २६, १९: ३७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० असार २६, १९: ३७

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...