
काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले राजदूत नियुक्ति प्रक्रिया चाँडै टुंगिने बताएका छन्।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री साउदले राजदूत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेकाले चाँडै टुंगिने बताएका हुन्।
राजदूत नियुक्ति गर्दा ५० प्रतिशत परराष्ट्र सेवाबाट र ५० प्रतिशत मन्त्रालयवाहिरबाट छनोट गरिने जानकारी दिँदै मन्त्री साउदले हाल स्थायी नियोग न्युयोर्क र जेनेभा तथा क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेत देशका लागि पाँच गरी सात स्थानमा राजदूत रिक्त रहेका छन्।
विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरुले उच्च प्राथमिकता राखेको बताउँदै उनले नियोगहरुलाई साधन, स्रोत सम्पन्न बनाउँदै लैजाने पनि बताए।
काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । पत्नी एलिजा गौतमले...
काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...