कराँची। पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराँचीमा रहेको १५० वर्ष पुरानो हिन्दू मन्दिरलाई शुक्रबार राति बुल्डोजर लगाएर भत्काइएको छ।
पुरानो र खतरनाक संरचना भन्दै हिन्दु मन्दिर भत्काइएपछि सो क्षेत्रमा बसोबास गर्ने हिन्दु समुदायका मानिसहरु समस्यामा परेका छन्।
कराँचीको सोल्जर बजारमा रहेको मारी माताको मन्दिरलाई शुक्रबार राति भारी प्रहरीको सुरक्षामा बुलडोजर लगाएर भत्काइएको थियो। यस क्षेत्रका हिन्दू मन्दिरहरूको हेरचाह गर्ने रामनाथ मिश्र महाराजले भने, ‘आफूहरुलाई यो सब भइरहेको थाहा थिएन । उनीहरूले राति अबेरसम्म मन्दिर भत्काए।’
अधिकारीले मन्दिरको बाहिरी पर्खाल र मुख्य गेटलाई अक्षुण्ण राख्दा भित्रको सम्पूर्ण संरचना भत्काएको दाबी गरेका छन्। उनले करिब डेढ सय वर्षअघि मन्दिर निर्माण भएको र मन्दिरको आँगनमा खजाना गाडिएको बताइन्। उनले चार सयदेखि ५ सय वर्ग गज क्षेत्रफलमा मन्दिर बनेको र वर्षौंदेखि मन्दिरको जग्गा कब्जा गर्ने प्रयास भइरहेको थियो।
स्थानीय प्रहरी चौकीका एक वरिष्ठ प्रहरी अधिकारीले मन्दिरलाई अधिकारीहरूले खतरनाक संरचना घोषणा गरेकाले भत्काइएको बताए। उनले मन्दिर कराँचीको मद्रासी हिन्दू समुदायले सञ्चालन गरेको र संरचना निकै पुरानो र खतरनाक भएकोमा उनीहरु सहमत भएको बताए।
‘मन्दिर व्यवस्थापनले भारी हृदयले देवताका मूर्तिहरूलाई सानो कोठामा सारेका छन’,ती अधिकारीले भने।
अर्कोतर्फ हिन्दू समुदायका स्थानीय नेता रमेशले मन्दिरको जग्गा किर्ते कागजपत्रका आधारमा ‘डेभलपर’लाई बिक्री गरेको भन्दै केही समयदेखि मन्दिर व्यवस्थापनलाई परिसर खाली गर्न दबाब परेको बताए।
उनले मन्दिरको जग्गामा ‘डेभलपर’ले व्यावसायिक भवन बनाउन चाहेको बताए। हिन्दू समुदायले पाकिस्तान हिन्दु परिषद, सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाह र सिन्ध प्रहरी महानिरीक्षकलाई यस विषयमा तत्काल ध्यानाकर्षण गर्न अपील गरेका छन्।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...