
काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसले मंगलबारदेखि शुरु हुने केन्द्रीय कार्यसमिति वैठकको पार्टीको आधिकारिक फेसवुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
पार्टी बैठकको फेसवुक पेजबाट प्रत्यक्ष प्रशारण गरिन लागेको यो पहिलो पटक हो। त्यसका लागि १० वटा एजेण्डा तय भएको पार्टी सहमहामन्त्री उमाकान्त चौधरीले जनाए।
११ महिना २९ दिनपछि मंगलबार दिउँसो १ बजेदेखि बस्न लागेको सो बैठकको फेसवुक पेजबाटै प्रत्यक्ष प्रशारण गर्नु पर्ने पार्टी सभापति शेरबहादुर देउवाको प्रस्ताव बमोजिम नयाँ प्रयोग गर्न लागिएको हो।
कांग्रेस सभापति देउवाको निवास धुम्बाराहीमा आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठकमा एउटा कुरा बोल्ने तर वाहिर संचारमाध्यममा भने बैठकमा बोल्दै नबोलेका कुराहरु बोल्ने गरेको भन्दै बैठक लाईभ गर्ने प्रस्ताव गरेका हुन्।
यसअघिका हरेक जसो बैठकमा नबोलेको र छलफल नै नभएका विषयमा सामाजिक सञ्जाल र संचारमाध्यममा गलत सूचना प्रवाह भएको भन्दै सभापति देउवाले बरु प्रत्यक्ष प्रशारण नै गर्नु पर्ने प्रस्ताव पदाधिकारीमाझ राखेका थिए।
केन्द्रीय कार्यसमितिको भोलिदेखि हुने बैठकमा आर्थिक, सामाजिक, परराष्ट्र, सुशासनलगायत समसामयिक विषय, सांगठनिक कार्ययोजना र कार्यतालिकाका विषयमा छलफल हुने छ।
त्यस्तै, अर्को एजेण्डाको रुपमा कार्यसम्पादन समितिको बैठकको निर्णय अनुमोदन गर्ने, गोपालमान श्रेष्ठ नेतृत्वको निर्वाचन परिचालन समितिको प्रतिवेदन प्रस्तुत हुनेछ।
पार्टी सहमहामन्त्री चौधरीका अनुसार नीति अधिवेशनको मिति र स्थान तोक्ने, विभागको संख्या २७ बाट बढाउने र उनीहरुको नाम र कार्यक्षेत्रको विषयमा छलफल हुने, राष्ट्रव्यापी अभियानको घोषणा गरिने, आनन्द ढुंगाना नेतृत्वको अनुशासन समितिको प्रतिवेदन, रमेश लेखकद्वारा सदनमा सम्पादन भएका कामहरूको प्रतिवेदन र उपसभापति पूर्णबहादुर खड्काले सरकारको गतिविधिबारे प्रस्ताव पेश गर्ने एजेण्डा तय भएको छ।
यी हुन भोली हुने छलफलका एजेण्डा
१.राजनीतिक, आर्थिक, परराष्ट्र आदि समसामयिक विषय ।
२. सांगठनिक कार्ययोजना र कार्य तालिका ।
३. केन्द्रीय कार्यसम्पादन समितिको निर्णय ।
४. निर्वाचन परिचालन समितिको प्रतिवेदन ।
५. नीति अधिवेशन सम्बन्धमा ।
६. विभागहरूको संख्या बृद्धि, गठन, कामको व्यख्या ।
७. राष्ट्रव्यापी अभियानको घोषणा ।
८. अनुशासन समितिको प्रतिवेदन ।
९. संसदीय गतिविधिको प्रतिवेदन ।
१०. सरकारको गतिविधिबारे प्रतिवेदन ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...