
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले काठमाडौं वडा नम्वर १०स्थित धोविखोला करिडोरको देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको भवनलाई डोजर लगाई भत्काई दिएको छ।
धोबी खोलाको उकास जग्गा अर्थात सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन हटाउन बुधबार विहान साडे ११ बजेदेखि डोजर चलाएको हो।
यसअघि महानगर प्रहरीले भवन खाली गर्न तीन दिनअघि सूचना दिएको थियो। सदनले निर्माण गरेको भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार नगरप्रहरीले डोजर चलाएको हो।
सेवा सदनले निर्माण गरेको भवनामा करिव १५ वटा सटर निर्माण गरी भाडामा लगाइएको थियो। ती भवनमा होटल, रेष्टुरेण्ट, किराना पशल र औषधि पशलहरु थिए।
भद्रकुमारी घले सेवा सदनमा बसेका असहाय अशक्त वृद्धवृद्धाहरुलाई मानव सेवा आश्रममा पठाइने नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।


ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...