
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव विक्रम शाहले आफू कर्णाली प्रदेशमा संसदीय दलको नेतामा चुनाव लड्ने आकांक्षा राख्दा प्रतिष्पर्धा गर्न किन पाइन? भनी नेतृत्व समक्ष प्रश्न गरेका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा बिहीबार धारणा राख्दै शाहले आफूले प्रदेश संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्न खोज्दा उपगुटको शिकार हुनुपरेको बताए।
उनले पार्टीकै पदाधिकारी तहबाट गुट निर्माण भएको भन्दै त्यसको शिकार हुनुपरेको गुनासो पार्टी केन्द्रीय समितिसमक्ष राखेका हुन्।
उनले कम्युनिष्टहरुको गढ मानिएको जिल्ला जाजरकोटबाट दुई–दुई पल्ट निर्वाचित भए पनि लगातार गुटको शिकार हुनुपरेको बताए।
‘महाधिवेशनमा लोकप्रिय मतले केन्द्रीय सदस्यमा निर्वाचित भएँ। मैले प्रदेश सभामा संसदीय दलको नेतामा प्रतिष्पर्धाको आकांक्षा राखेँ तर दिइएन। किन?’, सांसद शाहले प्रश्न गरे, ‘लोकतान्त्रिक पार्टीमा प्रतिष्पर्धा गर्छु भनेर मैले चाहना राख्नु अपराध थियो? त्यही चाहना राखेको आधारमा उपगुटको शिकार हुनुपर्ने ? हामीले कस्तो लोकतान्त्रिक चरित्र देखाएका छौँ सभापतिज्यू ?”
सांसद शाहले भने,‘मैले संसदीय दलमा प्रतिष्पर्धा गर्ने राखेको चाहनाको अपराधको भागीदार कहिलेसम्म हुनुपर्ने हो? के के सजाय पाउनुपर्ने हो? पार्टीको नेतृत्वमा बसेका जिम्मेवार नेताले गरेको यो व्यवहार कहिलेसम्म सहनुपर्ने हो? लोकतान्त्रिक पार्टीमा विचार विमर्स हुनुपर्छ कि पर्दैन?
शाहले पार्टीबाट सरकारमा गएका मन्त्रीले तीन महिनामा राम्रो काम गर्न नसके फिर्ता बोलाउनुपर्ने प्रस्ताव पनि राखेका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...