
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले पार्टीको चालु केन्द्रीय कार्यसमिति बैठकमा भ्रष्टचार नियन्त्रण गर्ने र सुशासन कायम गर्ने किसिमका कार्यक्रम आउनु पर्ने बताएकी छन्।
पार्टी केन्द्रीय कार्यालयमा चालु बैठकको चौथो दिन बोल्दै डा.राणाले धेरै वटा कार्यक्रम ल्याउनु भन्दा कार्यान्वयन हुने किसिमका २ देखि ४ वटा कार्यक्रम उपयुक्त हुने बताएकी हुन्।
उनले मन्त्री हुनेहरुले पूर्वतयारी गर्न नपाउँदा सिक्दा सिक्दै मन्त्रालय नै गुमाउनु परेको भन्दै पार्टीको घोषणा पत्रअनुसार मन्त्रीहरुलाई काममा लगाउन पार्टीले अनुगमन गर्नु पर्नेमा जोड दिइन।
उनले कांग्रेसलाई सदस्यता विस्तार गर्नु पर्ने खाँचो नरहेको भन्दै प्रशिक्षण नै महत्वपूर्ण भएको बताए। उनले पार्टीको हरेक तहका कार्यकर्तालाई ओरिएन्टेसन जरुरी रहेको बताए। उनले कांग्रेसमा पूर्वकर्मचारी र विज्ञहरु धेरै भएकाले उनीहरुबाट धेरै सिक्न सकिने बताइन।
प्रत्यक्ष तर्फको उम्मेदवार बनाउँदा ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य गर्नुपर्ने पार्टीमा उनले माग राखिन्। राणाले भनिन्, ‘समानुपातिबाट पु¥याएको कुरा उठेको छ। हामी महिला कामै लाग्दैन रे । उसो भए नबनाइदिनुस न।’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...