कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गृहमन्त्रीको राजिनामा माग – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गृहमन्त्रीको राजिनामा माग

काठमाडौं । नेपाली कांग्रेसको चालु केन्द्रीय कार्यसमिति बैठकमा एयरपोर्ट सुनकाण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत नाम जोडिएकाले उनले राजिनामा दिनु पर्ने माग गरिएको छ।

केन्द्रीय सदस्य जीतजंग बस्नेतले बैठकमा भने, ‘अदालतले दोषी ठहर नगर्दै भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता समेत रहेका वालकृष्ण खाँणलाई पक्राउअघि गृहमन्त्री भेट्न जाने कांग्रेसका नेताहरु आज गृहमन्त्री श्रेष्ठको नाम जोडिँदा उनको राजिनामा माग्न किन जाँदैनन्?’

नेता बस्नेतले एयरपोर्टमा भेटिएको करिव एक सय केजी सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठ, एमाले अध्यक्ष केपी शर्मा ओली, माओबादीका नेता कृष्णबहादुर महराको समेत नाम आएको भन्दै उनीहरुलाई पक्राउ गर्न कांग्रेसले माग गर्नु पर्ने धारणा राखेका हुन्।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गर्दा त्यही प्रकरणमा नाम आएका अख्तियार प्रमुखलाई कारबाहीको माग गर्न कांग्रेसका नेताहरु किन सक्दैनन?’ बस्नेतको प्रश्न थियो, ‘ललिता निवास जग्गा प्रकरणमा नाम जोडिएका विष्णु पौडेलको नाम आउँदा आज कांग्रेसका नेताहरु किन बोल्न सक्दैनन्?’

नेता बस्नेताले पार्टी सभापति वा शीर्ष नेतालाई खुइल्याएर नेता बन्न नसकिने भन्दै व्यक्तिभन्दा पार्टी ठूलो भन्ने यथार्थलाई नभुल्न आग्रह गरे।

नेपाल तरुण दलका पूर्वअध्यक्ष बस्नेतले आर्थिक क्रान्तिकोलाईनमा जनतको आवश्यकताको विषयमा पार्टीले संवोधन गर्नु पर्ने धारणा राखेका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण ५, १४: ०८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण ५, १४: ०८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण ५, १४: ०८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...