
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भई वाहिरिएको करिव एक सय केजी सुन तस्करी प्रकरण यतिवेला निकै उत्कर्षमा पुगेको छ।
सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुन पक्राउ गरेको जस लिन तँछाड मछाडमा छन। तर कमजोरी तिनै मन्त्री श्रेष्ठको देखिन्छ। भन्सारबाट सुन पास हुँदा भन्सारका कर्मचारी र एजेण्टमात्र दोषी हुँदैनन्।
सर्वसाधरण व्यक्तिले जहाज चढ्नु अघि र ओर्लीएपछि सर्वाङ्ग झैं बनाएर अभियुक्त झैं हात उचाल्न लगाउने प्रहरीले ब्रेक शुको आठ वटा प्याकेट छिरेको थाहा नपाउने भन्ने कुरा कसैले पत्याउन सक्दैन । किनकी भन्सार पास हुँदा सामानको चेक जाँच र स्क्यान गर्ने कार्यमा नेपाल प्रहरीको भूमिका नै प्रमुख हुन्छ।
भन्सारमा खटिएको प्रहरी र भन्सारका कर्मचारीको मिलेमतो नभइ करिव पाँच सय अमेरिकी डलर बराबरको एलसी खोलेर ल्याएको सामान ६३ हजार रुपैयाँ राजश्व तिरेकै आधारमा जाँच पास हुने पत्याउन सकिने विषय नै होइन्।
गत चैत २९ गते खोलिएको रेडि ट्रेड प्रालिका संचालकले २९ पटकसम्म मोटरसाईकलको ब्रेकशु ल्याउँदा थाहा नहुने तर साउन ३ गते बुधबार मात्र राजश्व अनुसन्धानले मात्र थाहा पाउने विषय मिलेमतो बिना सम्भव छैन।
यो सुन तस्करी प्रकरण सार्वजनिक हुनुको पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का निवर्तमान स्वकिय सचिव तथा राजश्व अनुसन्धान विभागमा असार १२ गते मात्र महानिर्देशक भएका नवराज ढुंगाना र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट भएको दाबी गर्ने भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलबीचको बेमेल नै प्रमुख कारण हो।
राजश्व अनुसन्धानको महानिर्देशक भएका ढुंगाना र भन्सार महानिर्देशक पौडेल दुबै सहसचिव भन्सार र राजश्व क्षेत्रका अनुभवी र सबै कर्मचारी तथा व्यापारी र भन्सार छली गर्ने व्यवासायीलाई राम्रोसँग चिन्ने र जान्ने कर्मचारी हुन्।
विगत केही महिनादेखि भन्सारको महानिर्देशक भएर जिम्मेवारी सम्हाली रहेका पौडेललाई साईड लगाएर राजश्वमा आफ्नो सेटिङ निर्माण गर्न ढुंगानाले दाउ हेरिरहेको अवस्थामा यो सुनकाण्ड सार्वजनिक भएको कर्मचारीहरु बताउँछन् ।
उता भन्सारका महानिर्देशक पौडेल पनि आफ्नो कनेक्सनमा ढुंगानालाई प्रवेश नै गर्न नदिने अडानमा थिए । तर राजश्व अनुसन्धानले भन्सार छलीका सामान निगरानी गर्ने क्रममा करिव १०० केजी सुन प्रकरण वाहिरिएको स्रोतले बतायो।
क्याथे प्यासिफक एयरलाइन्सको मंगलबारको उडानहुँदै हङकङबाट ल्याइएको सुन बुधबार पत्ता लाग्दै गर्दा एयरपोर्टका भन्सार प्रमुख भन्सार प्रशासक अरुण पोखरेल विदामा बसेका थिए।
ठूलो परिमाणमा सुन पक्राउ परेका बेला एयरपोर्टका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डीआईजी) अर्जुनचन्द ठकुरी समेत बिदामा बसेको थिए।
यसरी प्रहरी र भन्सारका दुबै प्रमुख बिदामा बसेकै बेला यति धेरै परिमाणको सुन पक्राउ पर्नु संयोग मात्र नभएर अदृष्य योजना हुनसक्ने आशंका गरिएको छ।
एउटा सहसचिवले अर्को सहसचिवलाई साईजमा ल्याउन वा साईड लगाउने उदेश्यले यो प्रकरण वाहिरिएर सुन तस्करीको पछिल्लो प्रकरण देखा पर्नुले भावि दिनमा हुने तस्करीलाई नियन्त्रण गर्न सरकारलाई दबाब पुग्ने भने निश्चित छ ।
केही दिन देखि चीनबाट इलेक्ट्रोनिक सिगरेट (भेप)मा लुकाएर ल्याएको सुन छुटाउन पूर्वगृहमन्त्री तथा माओबादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महराले भन्सारका कर्मचारीलाई दबाब दिएको घटना सेलाउन नपाउँदै अर्को सुनकाण्ड सार्वजनिक हुनुले माओबादीको नेतृत्वले समेत दबाब दिएको हुनसक्ने राजनीतिक बृत्तमा आंकलन गरिएको छ।
काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । पत्नी एलिजा गौतमले...
काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...