
गाईघाट। संघीय र प्रदेश सरकार तथा सांसद विकास कोषबाट निर्माण भएको उदयपुरको चौदण्डगढीस्थित हडिया बजार जाने पिच बाटो निर्माण गरेको दुई सातामै उप्किएको छ।
यहाँको चौदण्डीगढी नगरपालिका वडा नम्वर ९ स्थित डुंगाचौकबाट भगवति विद्यालय हुँदै बुद्धनगरसम्मको करिव साढे चार किलोमिटर हालै निर्माण सम्पन्न भएको सो सडक उप्किएको हो।
सकड कालोपत्रे गर्ने ठेक्का पाएको त्रियुगा नगरपालिकास्थित सगरमाथा कन्ष्ट्रक्सनले २०७९ फागुन ३ गते पाएको थियो। सो ठेक्का पाएको कन्ष्ट्रक्सनले सो सडक निर्माण २०८० असार २४ गते सम्पन्न गर्ने सम्झौता गरेको थियो ।
दुई करोड २१ लाख ६२ हजार ६८५ रुपैयाँमा सम्झौता भएको सो सडक निधौरित समयमा नै सम्पन्न भइ हस्तान्तरण भएको थियो।
चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामा, उपप्रमुख मनिकादेवी दुलाल र चौदण्डीगढी नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष प्रकाश राउतले रिवन काटेर सामूहिक उद्घाटन गरेका थिए।
हडिया बजार जाने सो रणनीतिक महत्वको सडक पिच भएपछि खुसी भएका स्थानीयहरु स्थानीय तहका जिम्मेवार पदाधिकारीले सडक निर्माणको गुणस्तर नभएको थाहा पाएर पनि सम्झौता बमोजिम काम भएको भन्दै सडक सञ्चालनका लागि उद्घाटन गरेका थिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्र मन्त्री डा. नारायण खड्काको निर्वाचन क्षेत्रमा पर्ने चौदण्डीगढी नगर क्षेत्रमा सडक निर्माणको नाममा भएको अनियमितताको स्थानीय नागरिकले बिरोध गरेका छन् ।
तर, नगरपालिकाका मेयर, उपमेयर र वडाध्यक्षले नै सम्झौता विपरित कमजोर सडक बनाउने ठेकेदारलाई कारबाहीको सिफारिस गर्नुको सट्टा धन्यवाद दिएका थिए ।
वर्षालागेपछि मात्र ठेकेदारले काम गरेका कारण मापदण्ड नपुगेको सडक निर्माण गरे पनि नगरपालिकाले भने जाँचपास गरी सो सडक ठेकेदारबाट ग्रहण गरेको थियो ।
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...
काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...