
बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
आन्तरिक राजश्व कार्यालय बुटवल र भैरहवाको कार्यालयको मंगलबार निरीक्षणकाक्रममा कर्मचारीहरुलाई निर्देशन दिँदै अर्थमन्त्री डा. महतले सरकारले निर्धारण गरेको लक्ष्य प्राप्त हुने गरी काम गर्नु पर्ने बताएका हुन्।
नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजश्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न मन्त्री डा. महतको आग्रह थियो।
‘विविध कारणले गत वर्ष लक्ष्य भेट्न सकिएन। यसपाली पनि त्यस्तै हो भन्न पाइँदैन’, मन्त्री डा. महतले भने, ‘विस्तारै अर्थतन्त्र गतिशील हुँदैछ, सँगैसँगै करको दायरा हामीले फराकिलो बनाएका छौं।’
मूल्य अभिवृद्धि कर (भ्याट) विस्तारै हट्दै गएको र त्यसले राजश्व संकलनमा असर पुगेकोले भ्याटलाई पुनः प्रवेश गराएको जानकारी दिनुहुँदै मन्त्री डा. महतले भने, ‘नयाँ भ्याट कसरी लागू गर्ने भन्ने बारेमा तपाईंहरु पूर्णरुपमा प्रशिक्षित हुनुपर्छ।’
ट्राभलमा लाग्ने करको उदाहरण दिँदै उनले भने ‘ट्राभलमा लाग्ने कर एयरलाइन्सले नै तिर्ने हो। त्यसको रेकर्ड आन्तरिक राजश्व कार्यालयले पनि राख्नुपर्छ। स्याउ, आलु र प्याजमा पनि कर लागेको छ, तर त्यो भन्सारमा मात्र लाग्छ।’
भ्याट लागेको स्टोरबाट सामान बिक्री भए भ्याट जोड्नुपर्ने र बाहिरबाट आएको भए भन्सारमा नै लाग्ने तथा आन्तरिक उत्पादनमा कर नलाग्ने महतले प्रष्ट पारे।
‘नयाँ क्षेत्रमा कर प्रस्ताव गरिएको छ, त्यसलाई राम्रोसँग अध्ययन गर्नुस् । अहिले कामकै आधारमा मात्रै मूल्यांकन हुन्छ’, डा. महतले भने।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...