शशांकले बोलाएको चियापानमा सबै गुटका नेताको सहभागिता, दिए एकताको सन्देश – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

शशांकले बोलाएको चियापानमा सबै गुटका नेताको सहभागिता, दिए एकताको सन्देश

काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले आज पार्टीका केन्द्रीय सदस्यहरूका लागि चियापान कार्यक्रम आयोजना गरेका छन्।

उनले आयोजना गरेको चियापान कार्यक्रममा पार्टी संस्थापन पक्ष र ईत्तरपक्षका सबै नेताहरुको उपस्थिति थियो। सो अवसरमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियारसहित अधिकांस केन्द्रीय कार्यसमितिका सदस्यको चियापानमा सहभागीता थियो।

डा. कोइरालाले ५ दिनको केन्द्रीय समिति बैठकमा गरमागरम बहस भएकाले पार्टी एकढिक्का रहेको सन्देश दिन चियापान आयोजना गरेको बताए।

कांग्रेस एकढिक्का रहेको सन्देश दिनका लागि र रिफ्रेसमेन्टका लागि चियापान आयोजना गरेको हुँ’ डा.शशांकले भने, ‘चियापानमा केन्द्रीय सभापतिदेखि सबै साथीहरू, दूरदराजबाट समेत नेता, कार्यकर्ता आउनुभयो। सबैलाई आभार व्यक्त गर्दछु।’

कांग्रेस नेताहरू बैठकमा आफ्नो कुरा राख्दा चर्काे सुनिए पनि व्यवहारमा हार्दिकता रहने गरेको उदाहरण चियापान भएको पनि उनले बताए ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण ९, १६: ०३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण ९, १६: ०३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण ९, १६: ०३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...