गोरखापत्र संस्थान अध्यक्ष सुवेदी र चार कर्मचारीलाई भ्रष्टाचारको कारबाही गर्न सिफारिस – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
९ पत्रकारसहित १२ लाई तोक आदेशमा नियुक्ति प्रकरण

गोरखापत्र संस्थान अध्यक्ष सुवेदी र चार कर्मचारीलाई भ्रष्टाचारको कारबाही गर्न सिफारिस

काठमाडौं। राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णुप्रसाद सुवेदी र संस्थानका चार कर्मचारीलाई भ्रष्टचारको मुद्दा चलाउन सिफारिस गरेको छ।

संस्थानको २०७८ कात्तिक ३० गतेको निर्णय बमोजिम तोक आदेशको आधारमा करारमा पत्रकारसहित १२ जनालाई नियुक्त गरेको भन्दै भ्रष्टचारको मुद्दा चलाउन मन्त्रालयलाई समेत सतर्कता केन्द्रले निर्देशन दिएको छ।

विधि र प्रक्रिया विपरीत तोक आदेशको भरमा नियुक्ति दिइएको भन्दै सतर्कता केन्द्रले कार्यकारी अध्यक्ष सुवेदी, संस्थानका कर्मचारी प्रशासन शाखाका वरिष्ठ सहायक रुपचन्द्र भट्ट, वरिष्ठ प्रशासन अधिकृत विमला खड्का, शाखा प्रमुख विक्रमबाबु राई र प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाललाई कारबाही गर्न मन्त्रालयलाई निर्देशन दिएको हो।

गोरखापत्र संस्थानमा दुईजना उपसम्पादक, ७ जना समाचारदाता, एकजना परामर्शदाता र दुई जना वरिष्ठ सहायक पदमा नियुक्त गर्दा विधि र प्रक्रिया मिचेको केन्द्रको निष्कर्ष छ।

‘गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त विनियमावली २०५२ को विनियम ४१ बमोजिम पदपूर्ति समितिको सिफारिसको आधारमा उपयुक्त व्यक्तिलाई गर्नुपर्नेमा पदपूर्ति समितिको गठन एवं सिफारिस विना नै उक्त विनयमावलीको प्रक्रिया पालना नगरी टिप्पणी आदेशको भरमा नियुक्ति गरिएको पाइयो,’ सतर्कता केन्द्रले भनेको छ।

कार्यकारी अध्यक्ष सुवेदी र चार कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन,२०५९को दफा ३८ (६) र (झ) बमोजिम कारबाही गर्न केन्द्रले अख्तियारमा सिफारिस गरेको छ।

सतर्कता केन्द्रको निर्णयसँगै गोरखा पत्र दैनिकमा कार्यरत पत्रकारहरु विनोद न्यौपाने, सूर्यप्रसाद पाण्डे, असोक अधिकारी, मित्रलाल भण्डारी, अनलाईन संस्करणमा कार्यरत पत्रकारहरु दिनेश लुईंटेल, लोकबहादुर कटुवाल, श्रृजना खत्री, गोविन्द रेग्मी, सनम महर्जन, डिजिटल परामर्शदाता रबीराज बराल, व्यापार प्रवद्र्धक शाखका युवराज खतिवडा र आईटीका धु्रवकुमार सिंहको नियुक्ति समेत खारेज भएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण १०, १४: ३३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण १०, १४: ३३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण १०, १४: ३३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...