
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सुन तस्करीको विषयलाई लिएर संघीय संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्।
रास्वपाकी सांसद निसा डाँगी प्रस्तावक रहेको सो प्रस्ताव बुधबार दिउँसो १ बजेर ५० मिनेटमा संघीय संसद सचिवालयमा दर्ता भएको हो।
प्रस्तावको प्रस्तावकमा डोलप्रसाद अर्याल, सन्तोष परियारसहित १६ जना रहेका छन् भने समर्थकमा रवि लामिछाने, स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ र सोविता गौतम रहेकी छन्।
प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने, भन्सारबाट एक सय केजी सुन वाहिरिएको भन्दै नेपाल सुन तस्करीको हव र ट्रान्जिट बन्न खोजेको भन्दै त्यसको गहिरो अनुसन्धान र अध्ययन जरुरी रहेको जनाइएको छ।
अघिल्लो बुधबार एक सय किलो सुन एयरपोर्टको भन्सारवाहिरबाट राजश्व अनुसन्धान विभागको विशेष टोलीले बरामद गरेपछि रास्वपाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिसभामा दर्ता गराएको हो।
यस्तो छ, प्रस्ताव –


ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...