
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुुन तस्करीको छानबिन गर्न उच्चस्तरिय संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसदको बैठक अबरोध गरेको छ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुख देवराज घिमिरेसमक्ष रुलिङको माग गरेका हुन्।
सरकारको संरक्षणमा सुन तस्करी भइरहेको दाबी गर्दै एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको हो।
एमालेले सुन तस्करलाई संरक्षण गरेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने मागसमेत गरेका छन् ।
एमाले प्रमुख सचेतक पदम गिरीले पटक पटक सुन तस्करी भइरहेको र यसलाई रोक्नुको सट्टा सरकारले नै संरक्षण गरेको भन्दै तत्काल गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरे।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...