
काठमाडौं। सर्वोच्च अदालतले कोशी प्रदेशका सभामुखको सहभागितामा गठन भएको उद्धव थापा नेतृत्वको सरकारलाई असंवैधानिक ठहर गरेपछि मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्।
मुख्यमन्त्री थापा पदमुक्त भएसँगै प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतले पुनः निवर्तमान मुख्यमन्त्री तथा एमालेको कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्ने निष्चित देखिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्णइजलासले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने सबै निर्णय बदर गर्दै एक साताभित्र नयाँ सरकार गठनका लागि आदेश दिएको थियो।
थापाको नियुक्ति जुन प्रक्रियाबाट थालिएको थियो सोही प्रक्रियाबमोजिम २ वा दुई भन्दा बढी दलको बहुमत प्राप्त गर्ने व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्न भने अदालतले बाटो खोलेको छ। तर यो प्रदेशमा राप्रपाले सत्तरुढ दललाई समर्थन गरे मात्र बहुमतको सरकार बन्ने सम्भावना छ।
सभामुखबाहेककै बहुमत देखाउन नसकेपछि धारा १६८ को ३ उपधाराबमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने देखिन्छ।
९३ सदस्यीय कोशी प्रदेशमा एमालेका ४०, राप्रपाका ६ जना सांसद छन् भने सत्तारुढ दल नेपाली कांग्रेसका २९, माओबादीका सभामुखवाहेक १२, नेकपा (एकीकृत समाजबादी)का ४ र जनता समाजबादी पार्टीका १ गरी ४६ जना छन्। यो प्रदेशमा सरकार बनाउन ४७ जना प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...