हिक्मत कार्कीले पाएनन्, मुख्यमन्त्रीको हैसियतमा झण्डा हल्लाउन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
सर्वोच्चको आदेश स्पष्ट नहुँदाको परिणाम

हिक्मत कार्कीले पाएनन्, मुख्यमन्त्रीको हैसियतमा झण्डा हल्लाउन

विराटनगर। सर्वोच्च अदालतको फैसला पछि कामचलाउ मुख्यमन्त्रीको दाबी गरेका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री कार्यालयले झण्डासहितको सवारी र अन्य सुविधाबाट बञ्चित गरेको छ।

काठमाडौँमा रहेका कार्की शुक्रबार बिहान १० बजे विराटनगर आएर मुख्यमन्त्री कार्यालय जाने तयारीमा थिए। तर, उनी विमानस्थलमा ओर्लिँदा उनको स्वागत गर्न कर्मचारी र सुरक्षाकर्मी कोही पनि थिएनन्।

सर्वोच्चको फैसलाले असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापालाई बर्खास्त गरी साउन १७ गतेभित्र नयाँ सरकार गठनको आदेश गरेको छ। तर, यो अवधिमा कामचलाउ मुख्यमन्त्री को हुने भन्ने आदेशमा स्पष्ट नभएकोले मुख्यमन्त्री कार्यालयका कर्मचारी पनि अन्योलमा परेका हुन्।

महान्यायाधिवक्तासहित सरकारी वकिलहरूले उद्धव थापा नै काम चलाऊ मुख्यमन्त्री रहने बताइरहेको बेला कार्की र उनको पक्षमा सर्वोच्चमा बहस गरेका वकिलहरूले भने कार्की नै मुख्यमन्त्री हुने दाबी गरिरहेका थिए। तर, मुख्यमन्त्री कार्यालयले भने कार्कीलाई अहिलेसम्म मुख्यमन्त्रीको मान्यता दिन अस्वीकार गरेको देखिएको छ।

कार्कीलाई मुख्यमन्त्रीको रूपमा स्वीकार गरेको अवस्थामा मुख्यमन्त्री कार्यालयले झण्डावाल गाडी र तोकिएका सुरक्षाकर्मीसहित स्वागतको लागि विमानस्थल पुग्नुपर्ने थियो।
मुख्यमन्त्री कार्यालयले कुनै वास्ता नगरेकोले कार्कीले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा चढ्दै आएको को १ झ ६५२ नम्बरको स्कारपियोमा विमानस्थलबाट आफ्नो डेरातिर लागेका छन्।

मुख्यमन्त्री कार्यालय जाने बताउँदै आएका उनी विमानस्थलबाट आफ्नै निजी निवासतिर लागेका हुन्। आफ्नो क्याबिनेटमा रहेका तत्कालीन मन्त्री बुद्धिकुमार राजभण्डारी पनि आफ्नै डेरातिर लागेका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण १२, १२: ४७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण १२, १२: ४७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण १२, १२: ४७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...