
काठमाडौं। काठमाडौं महागरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय खाली गर्न निर्देशन दिएको छ।
महानगर प्रहरीले शुक्रबार राप्रपाको कार्यालय अघिको सडकबाट माईकिङ गर्दै सो भवन अवैध भएको भन्दै तीन दिनभित्र खाली गर्न निर्देशन दिएको हो।
महानगर प्रहरीको टोलीले सो कार्यालय भवनको नक्सा पास नभएको विद्युतको हाइभोल्टेज प्रसारण लाइनको ठीक तलतिर भवन बनाएको जनाएको छ।
तत्कालिन राप्रपा नेपालका अध्यक्ष कमल थापाको पालामा राप्रपाका नेता तथा होटल एल्लो प्यागोडाका संचालक दिलविकास राजभण्डारीले उपलब्ध गराएका थिए।
सो भवन रहेको जग्गा दाता राजभण्डारीले तत्कालीन अध्यक्ष कमल थापाले आफूलाई कोषाध्यक्षमा नियुक्त गर्छु भनेर बचन पुरा नगरेको भन्दो तत्कालिन राप्रपा नेपाल परित्याग समेत गरेका थिए।
राजभण्डारी यतिवेला राप्रपामै छन् भने सो भवन निर्माणको लागि पहल गर्ने थापा फेरि राप्रपा नेपाल खोलेर बसेका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...