निर्मलाको नेतृत्वमा १५ सदस्यीय जनसम्पर्क समिति मकाउको चयन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

निर्मलाको नेतृत्वमा १५ सदस्यीय जनसम्पर्क समिति मकाउको चयन

काठमाडौं । नेपाली जनसम्पर्क समिति मकाउको पाचौँ अधिवेशनले निर्मला थापा मगरको नेतृत्वमा १५ सदस्यीय समिति निर्वाचित गरेको छ।

नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा। प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले थापा मगरको नेतृत्वमा १५ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको हो।

अधिवेशनले सभापतिमा निर्मला थापा मगर, उपसभापतिमा नबराज पराजुली, महामन्त्रीमा पदम बुढाथोकी, सहमहामन्त्रीमा मोहन सिंह पन्त, सह महामन्त्रीमा कुमार तिमल्सिना, सचिबमा भरत भट्टराई, सहसचिबमा राजकुमार हरिजन, कोषाध्यक्षमा ज्ञानेन्द्र राउत, सहकोषाध्यक्षमा राम प्रसाद शर्मा र प्रबक्तामा प्रदिप खत्रीलाई चयन गरेको छ ।
सदस्यहरुमा युव बहादुर छेत्री, संदेश लिम्बु, संदेश पौडेल, लालकाजी श्रेष्ठ र विनोद गौतम निर्विरोध निर्वाचित भए। चण्डी योङयाको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहको प्रमुख अतिथि डा।प्रकाशशरण महत, विशेष अतिथि गोविन्दप्रसाद भटराई, वाग्मती प्रदेशका पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले शुभकामना व्यक्त गर्नुभएको थियो।

बागमती प्रदेश तेक्वान्दो अध्यक्ष केशब पुरी, जनसम्पर्क समिति मकाउका संरक्षक, हङकङ जनसम्पर्क समितिका सभापति , हङकङ जनसम्पर्क समितिका पुर्व सभापति लगायत मकाउमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।

प्रमुख अतिथिको शुभकामना भिडियो मार्फत समावेश गरिएको थियो। सो अवसरमा बोल्दै अर्थमन्त्री डा. महतले देशमा रेमिट्यानस भित्र्याउन मकाउमा रहेका नेपालीहरुको योगदान अतुलनिय रहेको बताए ।

विशेष अतिथि पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईले नीति, सिद्धान्त, योगदान र इतिहास नभएका राजनीतिक दलबाट देशको विकासको लागि कुनै योगदान नहुने भन्दै नेपाली कांग्रेसले दीगो विकासको जग बसाल्न महत्वपूर्ण योगदान दिएको चर्चा गरे।

उनले भारत जस्ता ठूला राष्ट्रलेको आम्दानको महत्वपूर्ण श्रोत रेमिट्यान्स नै भएको जनाउँदै युवाहरु रोजगारीको लागि विदेश जाँदैमा देश गरिब नहुने तर्क गरे । उनले रेमिट्यान्स नेपालको अर्थतन्त्रको मूल श्रोत भएको दाबी गरे।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण १५, १३: ३९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण १५, १३: ३९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण १५, १३: ३९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...