पार्टी कार्यालय भत्काउन डोरज आएपछि राप्रपाले माग्यो ३५ दिनको समय – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

पार्टी कार्यालय भत्काउन डोरज आएपछि राप्रपाले माग्यो ३५ दिनको समय

काठमाडौं। नक्सा पास नगरी दाताले दिएको जग्गामा पार्टी कार्यालय निर्माण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो केन्द्रीय कार्यालय खाली गराउन काठमाडौं महानगरपालिकासँग ३५ दिन समय माग गरेको छ।

उच्च भोल्टेजको विद्युतको तार मुनी बनाईको राप्रपाको उक्त पार्टी कार्यालय भत्काउने भन्दै शुक्रबार काठमाडौं महानगरपालिकाले तीन दिनको समयसीमा तोकेको थियो।
महानगरले पार्र्टी कार्यालय खाली गर्न दिएको समयसीमा सकिएपछि सोमबार राप्रपाको कार्यालय भवन भत्काउन गएको महानगरको डोजरलाई राप्रपाका नेताहरुले सडकमा सवारी तेस्र्याएर अबरोध गरेका थिए।

तर, सोमबार नै राप्रपाका केही नेताहरू महानगर पुगेर प्रमुख कार्यकारी अधिकृत वसन्त अधिकारीलाई ३५ दिन समय उपलब्ध गराउन पत्र बुझाएपछि तत्काललाई डोजर चलाइएन ।

आजै राप्रपाको भवन भत्काउने योजनाका साथ महानगरबाट ३०० नगर प्रहरीसहित डोजर परिचालन गरिएको थियो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण १५, १९: १८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण १५, १९: १८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण १५, १९: १८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...