
जनकपुरधाम। मधेश प्रदेश सभा सरकारमा छैठौं पटक मन्त्रीपरिषद विस्तार गरी दुई जनालाई मन्त्री बनाइएको छ।
मुख्यमन्त्री सरोज यादव नेतृत्वको सरकारमा आज नेपाली कांग्रेसबाट मोहमद समिम र जनमतबाट चन्दन सिंह समेटिएका हुन्। योसँगै मधेश प्रदेश सरकारले पूर्णता पाएको छ।
कांग्रेसबाट मन्त्री भएका समिमलाई गृह, सञ्चार तथा कानुन र जनमतबाट मन्त्री भएका चन्दन सिंहलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नवनियुक्त मन्त्रीद्वयलाई मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका थिए। जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत् राखिएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...