तस्करतन्त्रलाई संरक्षण गर्दा राजश्व नउठेको एमाले महासचिव पोखरेलको दाबी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

तस्करतन्त्रलाई संरक्षण गर्दा राजश्व नउठेको एमाले महासचिव पोखरेलको दाबी

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले तस्करी मौलाउँदै गएपछि राजश्व कम उठेको बताएका छन्।

सुन तस्करी प्रकरणको चर्चा भइरहेको बेला एमाले महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन्।

‘यतिवेला अस्वभाविक रुपमा राजश्व कम उठ्नुको कारण सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै नियोजित रुपमा तस्करतन्त्र र दलाल, नोकरशाही पूँजीवादलाई संरक्षण गर्नुको परिणाम हो’, महासचिव पोखरेलले आज सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्।

उनले सरकारको गलत आर्थिक नीति र राजश्व प्रशासनमा गरिएको दुरुपयोगका कारणले राजश्वमा कमी आउँदा पूँजीगत खर्च कम हुन गई समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न गएको र मुलुक आर्थिक मन्दीको चपेटामा प्रवेश गरेको दाबी गरेका छन्।

तर, सरकार अर्थतन्त्रलाई कमजोर बनाउने कुकर्मलाई सुधार्ने पक्षमा अझै गम्भीर नदेखिएको भन्दै महासचिव पोखरेलले यसप्रति सबै सरोकार पक्षको ध्यान जानु पर्नेमा जोड दिएका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण १७, १४: ५७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण १७, १४: ५७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण १७, १४: ५७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...