संगठन सुदृढीकरण अभियानमा कांग्रेसले पठायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि (नामावलीसहित) – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

संगठन सुदृढीकरण अभियानमा कांग्रेसले पठायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि (नामावलीसहित)

काठमाडौं। नेपाली कांग्रेसले पार्टीको संगठन सुदृढीकरण अभियानको लागि यही साउन २० देखि ३० गतेसम्म १० दिनका लागि सह–महामन्त्री, केन्द्रीय सदस्यसहित अन्य नेताहरुलाई ७७ वटै जिल्लामा प्रतिनिधि बनाएर खटाइएको छ।

कांग्रेसले पाँच जना केन्द्रीय सदस्य, प्रतिनिधि र प्रदेशसभाका सांसद बाहेकका केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकेको हो।

पार्टीले अभियान अवधिमा केन्द्रीय सदस्यले गर्ने कामको कार्यादेश (टिओआर)पनि दिएको छ। साउन १० मा सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पहिलो चरणको अभियान प्रारम्भ भएको हो।

पार्टीले सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’लाई मोरङमा, महेन्द्र यादवलाई पर्षामा, उमाकान्त चौधरीलाई भक्तपुरमा, भिष्मराज आङ्दम्वेलाई काठमाडौंमा, प्रचार विभाग प्रमुख तथा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मालाई झापामा, जीतजंग बस्नेतलाई काभ्रेपलाञ्चोकमा, टेकबहादुर गुरुङलाई मुस्ताङमा, अजयवावु शिवाकोटीलाई रसुवामा, डा.डिला संग्रौलालाई इलाममा, आनन्दप्रसाद ढुङ्गानालाई सप्तरीमा, राजीव ढुङ्गानालाई सिरहामा र किरण गिरीलाई कालिकोटमा प्रतिनिधि बनाएर पठाइएको छ।

नामावली –

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८० श्रावण १७, १६: १६

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८० श्रावण १७, १६: १६

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८० श्रावण १७, १६: १६

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...