टिप्पणी उठाउने अधिकृतलाई थुनेर निर्णय गर्ने प्रधानमन्त्रीलाई उन्मुक्ति दिने? – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
ललिता निवास प्रकरणमा डा.शेखरको प्रश्न

टिप्पणी उठाउने अधिकृतलाई थुनेर निर्णय गर्ने प्रधानमन्त्रीलाई उन्मुक्ति दिने?

काठमाडौं । नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका उच्च नेताहरुकै संरक्षणमा देशमा भ्रष्टाचार तस्करी मौलाएको आरोप लगाएका छन्।

उनले सरकारी स्वामित्वमा रहेको ललिता निवासको जग्गा व्यक्तिको नामा ल्याउने कार्यमा संलग्न कर्मचारीलाई कारबाहीको प्रक्रिया अघि बढाए पनि निर्णय गर्ने नेतृत्वलाई भने उन्मुक्ति दिएको बताए।

नेपाल प्रेस युनियनको अधिवेशनबाट निर्वाचितहरुलाई प्रमाणपत्र वितरण तथा पदस्थापन कार्यक्रममा बोल्दै उनले भने, ‘ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा अधिकृतलाई थुनेर निर्णय गर्ने प्रधानमन्त्रीहरुलाई भने उन्मुक्ति दिइएको छ।’

उनले प्रधानमन्त्रीको मिलेमतो विना अधिकृतले फाईलमा टिप्पणी उठाएकै भरमा यत्रो निर्णय हुन नसक्ने ठोकुवा गरे। उनले संयुक्त राज्य अमेरिकाको स्टेट डिपार्टमेन्टले हालै अद्यावधिक गरेको प्रतिवेदनमा नेपालमा जलविद्युत, कृषि आदिको विकासको प्रचुर सम्भावना रहेपछि भ्रष्टाचारले गाँजेको भनी दिएको निष्कर्षले देशमा सुशासनको चित्रण गरेको बताए।

‘भ्रष्टाचार, झन्जटिलो प्रशासनिक प्रकृया, अस्थिर राजनीति र लामो तथा कठिन कानूनी प्रकृयाले नेपालको विकास हुन नसकेको हो’, उनले भने, ‘देश दण्डहिनता र अराजकतातर्फ बढीरहेको छ। हरेक क्षेत्रलाई भ्रष्टाचारले गाँजेको छ।’

देशमा एकपछि अर्को भ्रष्टाचारको श्रृङ्खला बढीरहेको जनाउँदै नेता डा. कोइरालाले एउटा भ्रष्टाचारको विषयलाई टुङ्गो नलगाउँदै अर्को इस्युले छायाँमा पर्ने गरेको ठोकुवा गरे।
‘नक्कली भुटानी शरणार्थीको विषयमा छानबिन हुँदै गर्दा त्यसमा माथिल्लो तहको व्यक्ति तानिने भएपछि ललिता निवास जग्गा ठगी प्रकरण सार्वजनिक भएसँगै शरणार्थीको इस्यु रोकियो’ कोइरालाले भने, ललिता निवास प्रकरणलाई निष्कर्षमा नपुर्याउँदे एक सय केजी सुन तस्करी प्रकरण वाहिरियो।’

भ्रष्टाचारको काण्ड वाहिरिएपछि ३ नेताको बैठक रहस्यमय

कोइरालाले भने, ‘अब हेर्नुस सुन तस्करी काण्डमा माथिको मान्छे जोडिने भएपछि यो पनि सामसुम हुन्छ। भारतमा १३ सय टन सुन खपत हुने गरेको छ। त्यसमध्ये ८देखि ९ टन मात्र सुन आयात हुन्छ, वाँकी चार सय केजी सुन नेपाल वा भुटान मणिपुरबाट भारत जाने हो।’

सुन तस्करी प्रकरणमा नेपालीलाई विचौलियाको पनि बिचौलिया बनाइएको र यसले देशको सुरक्षा अवस्था अत्यन्त नाजुक रहेको देखाएको कोइरालाले बताए।

‘प्रधानमन्त्रीको पीए भएको व्यक्ति राजश्व अनुसन्धान विभागको महानिर्देशक भएको र सुन तस्करीको छानबिन पनि उनैले गर्नु बहुत आश्चर्यको विषय हो’, कोइरालाले भने, ‘यसमा सीआईबी(केन्द्रीय अनुसन्धन व्युरो)लाई छानबिन गर्न नदिइनु आश्यचइको विषय हो।’

भ्रष्टाचारको प्रकरण वाहिर आउनासाथ तीन दलका तीन शीर्ष नेताको बैठक र छलफल चल्ने गरेको तर्फ उनले शंका व्यक्त गरे । उनले भने, ‘भ्रष्टाचारको इस्यु वाहिर आउनासाथ तीन शीर्ष नेता बैठक बस्छन्, उनीहरुबीच के छलफल भयो त्यो कसैलाई थाहा हुन्नर तर त्यसपछि त्यो इस्यु सामसुम भएर अर्को इस्यु आउँछ।’

एक सय केजी सुन तस्करी प्रकणमा छानबिन हुनासाथ एमालेले संसद बैठक अबरुद्ध गरेर त्यसको विषयमा थप जानकारी वा छानबिनमा सहयोग गर्न सकिने अवस्थालाई अबरुद्ध गरेको कोइरालाको भनाई थियो।

उनले अर्थमन्त्रालय मातहतको राजश्व अनुसन्धान विभागलाई केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालय मातहत ल्याएर गल्ती गरेको बताए। ‘ओलीजीले विभागलाई अर्थबाट खोसेर आफूमातहत ल्याउनु गल्ती थियो भन्ने शेरबहादुर देउवा र प्रचण्डले ओलीले गरेको त्यो गल्ती नसच्याउँदा आज समस्या आएको हो’ कोइरालाले भने।
‘देउवासँग शेखर मिल्यो भन्नु अफवाह हो’

सोही कार्यक्रममा नेता कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई विगतमा नबोलाएको नगएको तर पछिल्लो समय बोलाउन थालेकाले उनीसँग भेट हुने गरेको बताएका छन्।

उनले देउवा कांग्रेसको सभापति भएकाले पार्टी सभापतिले बोलाउँदा भेट गर्नुलाई देउवासँग मिल्यो भन्ने अर्थ नलगाउन आग्रह गरे। डा. शेखरले भने, ‘म नबोलाईकन कतै पनि नजाने व्यक्ति हो। शेरबहादुरजीसँग मिल्यो भनेको के हो ? के एजेण्डा र ईस्युमा मिल्यो? प्रष्ट पार्नु पर्छ।

पार्टी केन्द्रीय कार्यसमिति बैठक लाईभ हुँदा बोल्दा नेता भइन्छ भन्ने लागेर कतिपयले राम्रो भयो भने पनि म जस्तोलाई अप्ठ्यारो परेको बतए।

उनले केन्द्रीय कार्यसमति बैठकको निष्कर्ष आरोप प्रत्यारोपमै सीमित भएको भन्दै आफू महामन्त्रीको प्रतिरक्षा गर्न बैठकमा नगएको बताए।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मातर्फ संकेत गर्दै उनले पार्टी भित्रको द्वन्द्वलाई गुट भित्र पनि ननिम्त्याउन संचारकर्मीलाई आग्रह गरे।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण १८, १८: ४५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण १८, १८: ४५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण १८, १८: ४५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...