
काभ्रेपलाञ्चोक। एक सय किलो सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरी लिएको नेपाली नागरिकताको प्रमाणपत्र खारेज गरी गृहमन्त्रालयमा पठाइएको प्रतिवेदन नै हराएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पाँच वर्षअघि नै गृह मन्त्रालयमा पठाएको प्रतिवेदन नै गृहमन्त्रालयमा हराएपछि विभिन्न अपराधमा संलग्न भएका दाबालाई अन्य अपराध र तस्करीमा संलग्न हुने वातावरण बनाएको पुष्टि भएको छ।
दावाको नागरिकता खारेज गरिएको भए उनलाई सुन तस्करी र माफियाको काममा संलग्न हुन रोक्न सक्ने थियो। जिप्रका काभ्रेको प्रतिवेदन पाँच वर्षदेखि गृह मन्त्रालयले बेपत्ता पारिएपछि तिब्बती मूलका दावालाई तस्करीमा संलग्न हुन मनोबल बढेको प्रहरी स्रोतले बतायो।
भ्रष्टाचारमा संलग्न आफ्नै पार्टीको मान्छे भेटिए पनि नछोड्ने घोषणा गरेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले फर्जी कागजात प्रयोग गरी गैरनेपालीले नेपाली नागरिकता बनाएको जस्तो संवेदनशील विषयमा भने मौनता देखाएका छन्।
नेकपा माओबादी केन्द्रका नेताहरुसँगको पहुँच र सम्वन्धका आधारमा तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङले २०७४ पुष २० गते काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए।
२०७५ मा दावासहित तीन सय ५० ले फर्जी कागजातका आधारमा नागरिकता लिएको र त्यसको अनुसूचीसमेत नभएको प्रतिवेदन गृह मन्त्रालयको नागरिकता महाशाखामा बुझाएको भए पनि त्यसबारेमा अध्ययन नै नगरी सो प्रतिवेदन त्यसै थन्काइएको गृहका एक अधिकृतले बताए।
पाँच वर्षअघि बुझाएको प्रतिवेदनमा दावासहितको नागरिकता रद्द गर्न सिफारिस गरिएको भए पनि दावाको ‘सेटिङ’का कारण गृह मन्त्रालयले त्यससम्बन्धी कुनै छानबिन नै नगरेको स्रोतको दाबी छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र माओबादी केन्द्रको तर्फबाट मन्त्री भएका रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएको बेला सो प्रतिवेदन छानबिन नगरी लुकाइएको थियो।
सरकार निर्माण भएपछि एमाले र माओबादीबीच एकता भएर नेकपा भएको थियो। दुबै पार्टी हुँदा माओबादीका बादल भने नेकपा एमालेमा गएका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...