कैदी लावतीलाई सरुवा गर्न खोज्दा चन्द्रगढी कारागारमा आगजनी र झडप – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कैदी लावतीलाई सरुवा गर्न खोज्दा चन्द्रगढी कारागारमा आगजनी र झडप

झापा। झापाको सदरमुकाम चन्द्रगढीमा रहेको कारागारभित्रै कैदीबन्दीले आगजानी र नारावाजी गरेर प्रदर्शन गरेका छन्।

ज्यान मार्ने उद्योगमा कैद सजाय भोगिरहेका कैदी मनोज लावतीलाई सुनसरीस्थित झुम्का क्षेत्रिय कारागारमा सरुवा गर्न खोज्दा उनी समर्थक कैदीहरुले आगजनी गरेका हुन्। लावतीलाई शुक्रबार दिउँसो सुरक्षाकर्मीले झुम्का कारागार सरुवा गर्न खोज्दा पनि अबरोध भएको थियो।

कैदीबन्दीले कारागारभित्रैबाट ढुंगामुढा प्रहार गर्नुका साथै नाराबाजी समेत गरेका छन्। झडपका क्रममा कारागारभित्र आगलागी समेत भएको छ।

तनावलाई मत्थर पार्न प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीलगायतको सरकारी टोली कैदीबन्दीसँग वार्ता गर्न कारागारभित्र प्रवेश गरेको छ।

कारागार भित्र कैदी बन्दीले आगजानी गरेपछि त्यसलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग झडप भएको थियो। मेचीनगर र भद्रपुरको दमकलले आगलागी नियन्त्रण गरेका थिए। घटनामा के कति क्षति भयो भन्ने विवरण भने आई सकेको छैन।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण १९, १८: १४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण १९, १८: १४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण १९, १८: १४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...