माओबादी केन्द्रीय कमिटी सदस्यमा थपियो २२ महिला – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

माओबादी केन्द्रीय कमिटी सदस्यमा थपियो २२ महिला

काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीमा महिलाको सङ्ख्या ३५ प्रतिशत पुर्याउन पार्टीका २२ नेतृलाई चयन गरेको छ।

माओबादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा २२ महिला गपिएसँगै कमिटीको आकार बढेर ४ सय ७ सदस्यीय पुगेको छ।
थपिएका सदस्यहरू शुक्रबारदेखि केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका छन्।

२०७८ पुसमा सम्पन्न नवौं महाधिवेशनले केन्द्रीय कमिटीमा महिलाको संख्या ३५ प्रतिशत पु¥याउने निर्णय गरे पनि त्यो कार्यान्वयन भएको थिएन।

बुधबारदेखि सुरू केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको सांगठनिक प्रतिवेदनमा ३५ प्रतिशत महिला पु¥याउन २२ जना थप्ने प्रस्ताव गरिएको थियो।

निर्वाचन आयोगमा दलका सदस्यहरूको विवरण बुझाइहाल्नुपर्ने भएकाले माओवादीलाई तत्काल केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला पु¥याउनुपर्ने बाध्यता छ। त्यसका लागि २२ जना महिला थप्ने प्रस्ताव अध्यक्ष प्रचण्डले सांगठनिक प्रतिवेदनमा प्रस्ताव गरेका हुन्।

उनको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि केन्द्रीय कमिटीमा २२ महिला नेता थपिएका हुन्। त्यसअघि केन्द्रीय कमिटी ३८५ सदस्यीय थियो। १७ गतेदेखि चलेको केन्द्रीय कमिटीमा सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदनमा धारणा राखिरहेका छन्।

बिहीबारसम्म ७४ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए। आज अन्य केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । बैठक आइतबारसम्म चल्ने छ।

थपिएका महिला नेतृहरु 

१.आङदावा शेर्पा

२. इन्दिरा अधिकारी

३. उमा कपाली

४. उर्मिला विक

५. गंगा खड्का

६. गिताकुमारी कँडेल चौलागाईं

७. गिता शाही

८. छमकुमारी खनाल

९. दिलमाया बूढामगर

१०. नीरमाया श्रीस

११. नीशा न्यौपाने

१२. पार्वती थापा

१३. भगवती तिवारी

१४. मोतिकला चलाउने

१५. लालकुमारी पुन

१६. लिला शर्मा

१७. सपना परियार

१८.सीता दाहाल

१९. सुशिला घिमिरे

२०. सुशीला पौडल

२१. सूर्यकुमारी विक

२२.शरू चौधरी

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण १९, १८: ३६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण १९, १८: ३६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण १९, १८: ३६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...