
काठमाडौं। पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशीले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन्।
ुसोमबार सामाजिक सञ्जाल फेसवुकमा स्टाटस पोष्ट गर्दै पूर्वमन्त्री जोशीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पार्ने निर्णय मन्त्रीपरिषद्बाट गर्दा आफू मन्त्री पदबाट अलग भइसकेको जनाएका छन्।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा उनीसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि जेशीले सो प्रकरणमा आफूलाई समेत पक्राउ पूर्जी जारी भएको सन्दर्भमा अनुसन्धान गर्ने निकायलाई पूरा सहयोग गर्ने बताए।
उनले २०६९ असोज १८ गते ललिता निवासको जग्गा व्यक्तिको नाममा पार्ने बारे मन्त्रिपरिषदमा निर्णय हुँदा आफू मन्त्री पदमा नरहेको समेत प्रष्ट पारेका हुन्।
जोशीले त्यसअघि नै असोज ४ गते आफूले मन्त्री पदबाट राजीनामा दिएको स्मरण गर्दै मन्त्रिपरिषद्मा सामाजिक समितिमा सो प्रस्ताव जाँदा पनि आफू पदमा नरहेको जनाएका छन्।
सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधान एवम् भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमिसुधार मन्त्री जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
उनले ललिता निवासबारे मन्त्रिपरिषदमा निर्णय २०६९ असोज १८ गते भएको तर आफूले १४ दिन अघि असोज ४ गते नै मन्त्री पदमा नरहेको स्पष्ट पारेका छन्।
सो समयमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए।
तत्कालिन नेकपा संयुक्तको नेताको रुपमा चिनिएका जोशी ८६ वर्ष उमेर काटीसकेका छन्। उनी दार्चुलामा जन्मिएका हुन्।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...