
नयाँदिल्ली। भारतीय कांग्रेस आईका नेता राहुल गान्धीको लोकसभा सदस्य बहाल भएको छ। राहुल गान्धी केरलाको वायनाडबाट सांसद भएका हुन्।
लोकसभाको सचिवलायलयले एक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशपछि गान्धीको सांसद पद बहाली गरिएको उल्लेख गरेको छ। सन् २०१९ मा राहुल गान्धीले मोदी सरनेमलाई लिएर दिएको एक अभिव्यक्तिले उनी विवादमा परेका थिए।
उक्त अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टीका सांसद पूर्णेश मोदीले सुरतको तल्लो अदालतमा मुद्दा दायर गरेका थिए।
उक्त अदालतले गान्धीलाई दोषी ठहर गर्दै २ वर्ष कैद हुने फैसला सुनाएको थियो। अदालतको यो फैसला आएको २४ घन्टामै गान्धीको लोकसभाको सदस्यता रद्द गरिएको थियो।
त्यस विरुद्ध गान्धीले सर्वोच्चसम्म पुगेर अपिल गरेका थिए। गत शुक्रबार सर्वोच्चले उनको निवेदनमा सुनुवाइ गर्दै मोदी सरनेम विवादमा दिएको अभिव्यक्तिकै आधारमा फौजदारी अभियोगमा दोषी ठहर गर्न नमिल्ने भन्दै सदस्य रद्द गर्ने निर्णय बदर हुने भनेको थियो। योसँगै उनको सांसद पद बहाल भएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...