बुद्धस्थलमा आपराधिक कृत्यमा संलग्न व्यक्तिको नियुक्ति खारेज होस्ः पाण्डे – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

बुद्धस्थलमा आपराधिक कृत्यमा संलग्न व्यक्तिको नियुक्ति खारेज होस्ः पाण्डे

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री बद्री प्रसाद पाण्डेले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित छबि भएका ल्यारक्याल लामाको नियुक्तिप्रति विरोध जनाएका छन्।

सरकारले आइतबार विभिन्न विवादमा मुछिएका व्यक्ति लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएपछि सहमहामन्त्री पाण्डेले आपराधिक गतिविधिमा मुछिएका व्यक्तिलाई लुम्बिनी विकास कोष जस्तो पवित्रस्थलको जिम्मेवारी नदिन आग्रह गरेका हुन्।

सहमहामन्त्री पाण्डेले सोमबार सामाजिक सञ्जाल फेसवुकमार्फत् सरकारको उक्त कार्यप्रति खेदजनक रहेको भन्दै शान्तिका अग्रदूत गौतम बुद्धको पावन जन्मथलो लुम्बनीको चौतर्फी विकासका लागि गठित लुम्बिनी विकास कोषको उपाध्यक्षमा बैंकका लकरमा गोली राख्ने लगायत अनेक आपराधिक कृत्यमा मुछिएका व्यक्तिको नियुक्ति खेदजनक रहेको जनाए।

पाण्डेले अत्यन्त अनुचित निर्णय तत्काल खारेज गरी संस्थाको मर्यादा मुताविक कार्य सञ्चालन गर्नसक्ने सत्पात्रको नियुक्ति गर्न नेपाल सरकारसँग जोडदार माग गरेका छन्।

सरकारले कोषको उपाध्यक्षमा नियुक्ति गरेका ल्यारक्यार लामा दर्जनौं विवादमा मुछिएका व्यक्ति हुन्। उनी दोहोरो नागरिकता, वैदेशिक रोजगार, राहदानी लगायतका अभियोगमा उनी पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन्।

२०५८ सालमा ल्यारक्याल लामालाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गुम्बा व्यावस्थापन समितको अध्यक्षमा नियुक्ति गरेका थिए। अमेरिकाबाट गुम्बा विकासमा धेरै सहयोग जुटाउन सक्छु भनेपछि सिन्धुपाल्चोकका नेता मोहन बस्नेतले कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कामार्फत अध्यक्षमा नियुक्ति गराएको थिए।

लामाले गुम्बा निर्माणका लागि अमेरिकाबाट एक महिलासँग ५० हजार डलर ल्याएर ठगी गरेको प्रकरण समेत बाहिरिएको थियो। त्यस्तै उनीमाथि खेम्पोको उपाधि नपाउँदै खेम्पो बनेर ठगी गर्ने गरेको आरोप लाग्ने गरेको छ।

०६३सम्म कांग्रेससँग निकट भएका लामा सांसद बन्न नसकेपछि एमाले प्रवेश गरी नेता अमृत बोहोरा र ईश्वर पोखरेल मार्फत एमालेको समानुपातिक सभासद भएका थिए। सभासद् हुँदा उनलाई धेरै एमाले नेताहरुले नचिनेको बताउने गर्दथे।

दोस्रो संविधानसभामा पनि एमालेबाटै सभासद बन्ने योजना सफल हुने नदेखेपछि लामा माओवादी केन्द्रतिर लागे । समानुपातिकको सूची बुझाउने अघिल्लो दिन माओवादी प्रवेश गरेर समानुपातिक सभासद् भएका थिए।

संविधानसभा अदालतले २०७१ कात्तिक ५ गते सभासद् शम्भु हजारा पासवानको पद खारेज गरेपछि ल्यारक्याललाई माओवादीले सांसद बनाएका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण २२, १७: ०६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण २२, १७: ०६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण २२, १७: ०६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...