तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहिन, प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहिन, प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

 

काठमाडौं। प्रमुख प्रतिपक्षी दलले सदन अबरोध गर्ने चेतावनीपछि आबज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ।

संसदको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्रीसमेत रहेका माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको बैठक बिनानिष्कर्ष टुंगिएपछि प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हो।

संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक साउन २३ गते मंगलबार दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा जाँचपास भएर बाहिरिएको सुन गत साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेपछि सो प्रकरणको छानबिनको लागि उच्चस्तरिय समिति गठनको माग राख्दै एमालेले सदन अबरोध गर्दै आएको छ।

प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेकोमा आइतबारदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले छानबिन थाले पनि एमालेले शंका व्यक्त गरेको छ।

नेकपा एमालेले सरकारी अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको भन्दै सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेको हो।
एमालेका कारण साउन १० गतेदेखि संघीय संसदका दुबै सदन अबरुद्ध हुँदै आएका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण २२, १७: २०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण २२, १७: २०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण २२, १७: २०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...