कांग्रेस नेता केसीको प्रश्न– गृह र अर्थमन्त्रीको राजिनामा मागेकाले सांसद शर्मा पक्राउ परेका त होइनन? – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कांग्रेस नेता केसीको प्रश्न– गृह र अर्थमन्त्रीको राजिनामा मागेकाले सांसद शर्मा पक्राउ परेका त होइनन?

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विहीबार पक्राउ गरेपछि कांग्रेसका नेताहरुले सरकारप्रति आशंका व्यक्त गरेका छन्।

प्रतिनिधि सभाको बैठकमै सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको पनि संलग्नता हुनसक्ने भन्दै राजिनामा माग गरेका सांसदलाई गृहमन्त्रीको आदेशमा पूर्वाग्रह साँधेर पक्राउ गरिएको हुनसक्ने कांग्रेसका नेताहरुले आशंका व्यक्त गरेका हुन्।

सांसद शर्मालाई झन्डै ३० बर्ष अघिको नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा विहीबार पक्राउ गरे पछि सत्तारुढ कांग्रेसका नेताहरुले आशंका व्यक्त गरेका हुन्।

कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वप्रवक्ता केसीले सांसद शर्मा पक्राउ प्रकरणलाई लिएर ‘सुन तस्कर’हरुलाई प्रोत्साहन गरेको त होइन ? भन्ने आशंका ब्यक्त गरेका छन्।

‘भारतको बीडीबीकेएस कलेजबाट सन् १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण–पत्रको छानबिन ‘अपरेशन क्वाक’ ले ७ वर्ष अघि शुरु गर्यो र छाड्यो, त्यही केस अहिले सिआईवीको ‘फोक्सट्रोट चार्ली’ अपरेसनले माननीय सुनिल शर्मालाई पक्राउ गरेको छ,’ केसीले सामाजिक सञ्जाल फेसवुकमा भनेका छन, ‘संसदमा सुन तस्करी काण्डविरुद्ध आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण पुनः युद्धस्तरमा ताते को हो ? या संयोग मात्र हो ? यो गम्भीर र आम चासोको विषय बनेको छ।’

सांसद शर्मा मोरङको क्षेत्र नम्वर ३ बाट प्रतिनिसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन्। उनको शैक्षिक योग्यताको प्रमाण पत्र सक्कली वा नक्कली जे भए पनि त्यसको प्रयोग कहीँ कतै नगरेका कारण उनीमाथि लागेको आरोपले राज्यलाई कुनै हानी नोक्सानी भने पुगेको देखिँदैन।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण २६, १४: २५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण २६, १४: २५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण २६, १४: २५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...