इसान अस्पतालकी श्रद्धा र मोरङका चौधरी पक्राउ, सांसद शर्मासहित सात डाक्टर सीअईबीको नियन्त्रणमा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

इसान अस्पतालकी श्रद्धा र मोरङका चौधरी पक्राउ, सांसद शर्मासहित सात डाक्टर सीअईबीको नियन्त्रणमा

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्र रहेको भन्दै थप दुई चिकित्सकलाई आज शुक्रबार पक्राउ गरेको छ।

सिआईबीले धापासीस्थित इशान अस्पतालकी चिकित्सक डा. श्रद्धा सिल्पकार र मोरङमा क्लिनिक संचालन गरेर बसेको चिकित्सक डा.मनिष चौधरीलाई पक्राउ गरेको हो।

सीआईबीले ‘नक्कली डाक्टर’ भन्दै छानबिनको लागि चलाएको अपरेसनमा हालसम्म सांसद डा. सुनिल शर्मासहित सात जना पक्राउ परेका छन्।

‘अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा बिहीबार दिउँसो सांसद शर्मालाई पक्राउ परेका थिए। त्यसपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा. अमित चौधरी, डा. रामबाबु यादव, डा. एरिना यादव, डा. अमृत चौधरी र डा रञ्जितकुमार यादवलाई पक्राउ गरिसकेको छ।

शुक्रबार पक्राउ परेकी ललितपुरको हात्तिवन निवासी डा. शिल्पकार र डा. चौधरीको प्लस टु (उच्चमाध्यमिक शिक्षा)को नेपालको शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै सीआईबीले पक्राउ गरेको हो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण २६, १५: ११

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण २६, १५: ११

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण २६, १५: ११

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...