
काठमाडौं। सत्तारुढ नेपाली काँग्रेसको जारी संसदीय दलको बैठकमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार परिवर्तनका विषयमा छलफल नभएको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्पष्ट पारेका छन्।
काँग्रेस प्रमुख सचेतक लेखकले पार्टी संसदीय दलको आइतबार सम्पन्न बैठकपछि भने ‘सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, फेर्ने विषयमा कुनै कुरा उठेन र छलफल पनि भएन।
कांग्रेस संसदीय दलको बैठक सोमबार पुनः ११ बजे बस्ने र बैठकमा सांसदहरुले राखेको सुझावहरुलाई समेटेर निर्णय गरिने भएको छ। गत शुक्रबार र आइतबार संसदीय दलको बैठकमा ५० जना सांसदहरुले आ–आफ्नो धारणा राखे।
बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय दलका सबै सदस्यले पार्टीको अनुशासनमा बस्नुपर्ने बताएका छन्।
कांग्रेस संसदीय दलको बैठकपछि सांसद सुनिल शर्माप्रति लक्षित गर्दै प्रवक्ता डा. महतले पार्टीको सदस्य भएपछि पार्टीको अनुशासन र मर्यादाभित्र बसेर आफ्नो विचार राख्नुपर्ने बताए।
महतले विचार राख्ने क्रममा सांसद शर्माको पार्टीको मर्यादा र अनुशासन पालनमा प्रश्न उब्जिएको भन्दै संसदीय दलमा अनुशासन र मर्यादाको कुराबारे पनि प्रश्न उठेको बताए।
तर सांसद सुनील शर्माले सुन तस्करी प्रकरणलाई लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नेबाट आफू पछि नहट्ने बताएका छन्।
आइतबार बसेको काग्रेस संसद दलको बैठकमा उनले आफू गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक नहुने बताएका हुन्। एक क्विन्टल सुन बरामद भएको विषयलाई लिएर संसदमै उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए।
उनले भने, ‘अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हुन सक्दिनँ । अर्थमन्त्रीबारे सोच्नसक्छु ।’ उनले सुन तस्करी प्रकरणमा गत साउन १० गते प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए।
गृहमन्त्रालय मातहतको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीवीआई)ले शर्मालाई नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा साउन २५गते गिरफ्तार गरेको थियो।
जिल्ला अदालतको आदेशमा तारेखमा छुटेका शर्माले आइतबार विहान विपक्षी दलका नेता केपी शर्मा ओलीलाई उनकै निवास वालकोटमा गएर भेटेका थिए। भेटपछि उनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली पालै पालो अब प्रधानमन्त्री बन्नु पर्ने धारणा राखेका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...