सुन तस्करीको छानबिन सीआईबीलाई नै दिनु पर्ने कांग्रेस संसदीय दलको निर्णय – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सुन तस्करीको छानबिन सीआईबीलाई नै दिनु पर्ने कांग्रेस संसदीय दलको निर्णय

 

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले गत साउन ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास तस्करी गरिएको करिव डेढ क्विन्टल
सुनको बारेमा छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) लाई दिनु पर्ने धारणा सार्वजनिक गरेको छ।

नेपाली कांग्रेस संसदीय दलको आज सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो। प्रमुख प्रतिपक्षी एमालेले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिरहेका बेला तीन दिनसम्म बसेको कांग्रेस संसदीय दलको बैठकले भने सीआईबीबाट अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको हो।

संसदीय दल बैठकले सीआईबीलगायतका सरकारी निकायले छानबिन गरिरहेकाले यसलाई पारदर्शी, गम्भीरताका साथ ठीक ढंगले निष्कर्षमा पु¥याउनुपर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बैठकले अवरुद्ध संसद नियमित संचालन गर्न पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक लेखकले जानकारी दिए। गत पुस २६ गतेदेखि संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको पहिलो बैठक शुरु भए पनि नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको अझै गठन भएको छैन ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण २९, १६: २३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण २९, १६: २३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण २९, १६: २३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...