प्रधानमन्त्री र गृहमन्त्री आतंकारी कि डेमोक्रेटिक सरकारको नेतृत्वका हुन्?– सांसद शर्माको प्रश्न – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
‘पक्राउ पूर्जी र थुनुवा पूर्जी नदिई सीआईबीका सुरक्षाकर्मीले हातपात गरे’

प्रधानमन्त्री र गृहमन्त्री आतंकारी कि डेमोक्रेटिक सरकारको नेतृत्वका हुन्?– सांसद शर्माको प्रश्न

काठमाडौं। प्रतिनिधि सभाका सदस्य तथा सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ आतंकारी सरकारको हो कि डेमोक्रेटिक सरकारको नेतृत्व छन् भन्दै प्रश्न गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डा. शर्माले आफूलाई सीआईबीले पक्राउ पूर्जी र थुनुवा पूर्जी पक्राउ गरेर हातपात गरेको विषयमा जानकारी गराउँदै सांसद शर्माले अहिलेका गृहमन्त्रीको व्यहावरले आफूजस्ता जुनसुकै सांसदलाई पनि पक्राउ पर्न सक्ने अवस्था आएको बताए।

उनले प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा नदिए आफू संसदमा अनशन बस्ने चेतावनी दिए। सुन तस्करीलाई कारबाही गर्नुपर्ने माग राखेकै कारण आफूलाई गृहमन्त्रीले आतंककारीको जस्तो व्यवहार गरेर पक्राउ गराइएको आरोप लगाए।

‘मलाई सीआईवीका प्रहरी निरिक्षक प्रसिद्ध जोशीसहितले साउन २५ गते विहीबार तीन बजे पक्राउ पूर्जी नदिई, सभामुखको अनुमति नलिई नियन्त्रणमा लिएर
एम्वेसडर होटलको पछाडि एकान्तमा लगियो’ संसद बैठकमा सांसद डा. शर्माले भने, ‘पक्राउ गरेको तीन घण्टापछि पक्राउ पूर्जी दिएर सुन तस्करीका आरोपी राख्ने ठाउँमा राखेर पहिले त घरको खाना ल्याउन अनुमति दिइएन, पछि मैले म विरामी भएकाले घरको खाना खान नदिए सर्वाङ्ग आमरण अनसन बस्ने चेतावनी दिएपछि राति १२ बजे खान पाएको हुँ।’

सांसद शर्माले देश सुन तस्करलाई कारबाहीको माग गर्दै गृहमन्त्रीको राजिनामा मागेपछि आफूलाई गिरफ्तार गरिएको दाबी गरे।

शर्माले प्रधानमन्त्री र गृहमन्त्री आतंककारी कि डेमोक्रेटिक सरकारको नेतृत्व गरिरहनु भएको छ भनी प्रश्न गरेको विषयमा नेकपा माओबादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गर्दै एउटा माननीयले प्रधानमन्त्रीलाई आतंककारी भनीरहेको अवस्थामा सदन कसरी अघि बढ्न सक्छ भनी प्रश्न गरेका थिए।

माओबादीका सचेतक पाण्डेले सांसद शर्माले प्रधानमन्त्रीलाई आतंककारी भनेको शब्द रेकर्डबाट हटाइयोस भनी माग गर्दै त्यस्तो बोल्ने सांसदलाई कारबाही गरियोस भन्ने माग गरे। तर, सभामुख देवराज घिमिरेले सांसद पाण्डेले गरेको नियमापत्ति नभएर आईरहेकै विषयमा प्रतिक्रिया भएको जनाए।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण २९, १६: ५८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण २९, १६: ५८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण २९, १६: ५८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...