
काठमाडौं। नेपाल चिकित्सक सङ्घले डा.रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक यातना दिने र मानमर्दन गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र नेपाल मेडिकल काउन्सिलका जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न माग गरिएको छ।
डा.रञ्जितकुमार यादवलाई सीआईबीले पक्राउ गरी न्यूनतम मानव अधिकारको हनन गरेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको हो।
डा. यादवलाई सिआइबीले गलत विवरणका आधारमा पक्राउ गरेको भन्दै विवरण उपलब्ध गराउने नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सिआइबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाही गर्न स)घले माग गरेको हो।
‘यस्ता प्रकारको त्रुटिपूर्ण अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा समेत गम्भीर प्रश्नचिह्न खडा भएकाले यसमा संलग्न मेडिकल काउन्सिलका पदाधिकारी तथा सिआइबीका अनुसन्धानकर्तामाथि अविलम्ब छानबिन गरी कडाभन्दा कडा कानूनी कारबाही गर्न जोडदार माग गर्दछ’, चिकित्सक संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सङ्घका आजीवन सदस्य डा. यादवलाई सिआइबीले चिकित्सकविरुद्ध चलाएको ‘अपरेसन फोक्सट्रोट’ मा गत साउन २५ गते पक्राउ गरेको थियो। सिआइबीले एसएलसी र प्लस टूको मार्कसिटमा कीर्ते गरेर नम्बर थपघट गरेर एमबिबिएस अध्ययन गरेका नक्कली चिकित्सकमाथि अनुसन्धान गर्ने क्रममा उनलाई पक्राउ गरेको थियो।
‘कुनै पनि सरोकार नभएका चिकित्सकलाई नक्कली भनी पक्राउ गरेर समाजमा त्रसित वातावरणको सिर्जना गर्ने, बिरामी र चिकित्सक बीचको सम्बन्धमा कमी ल्याउने, मानवीय भावनामा गम्भीर चोट पु¥याउने तथा चिकित्सकीय सेवालाई नै दूषित तुल्याउने कार्यको जति निन्दा गरे पनि कमै हुन्छ’, प्रेस विज्ञप्तिमा उल्लेख छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...