
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केशव स्थापितलाई केन्द्रीय सदस्यबाट हटाएको छ। सोमबार बसेको सचिवालय बैठकले स्थापितलाई पार्टीको केन्द्रीय समितिबाट हटाउने निर्णय गरेको हो।
गत वर्ष वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार भएर पराजित भएपछि उनी पार्टीमा निष्क्रिय रहँदै आएका थिए। उनले आफू अध्ययन अनुसन्धानमा लाग्ने र केही नयाँ काम गर्नका लागि पार्टीको सक्रिय राजनीतिबाट बिदा लिएको बताउने गरेका छन्।
०७४ सालको प्रदेशसभा निर्वाचनमा स्थापित बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनी मुख्यमन्त्री डोरमणी पौडेलको कार्यकालमा उनीसँगको द्वन्द्वपछि बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीबाट हटाइएका थिए।
स्थापितसँगै अर्का केन्द्रीय सदस्य प्रमोद नारायण यादव पनि बाहिरिएका छन्। मधेश प्रदेशका उनले पनि नेतृत्वलाई भेटेर केन्द्रीय सदस्यबाट बिदा गरिदिन आग्रह गर्दै राजीनामा दिएका थिए।
दुई केन्द्रीय सदस्यहरु नेतृत्वबाट बाहिरिए पनि एमालेले छक्क बहादुर लामालाई केन्द्रीय सदस्यमा नियुक्त गरेको छ। लामा २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी भएसँगै नेकपा माओबादीमा प्रवेश गरेका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...