सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा र उनका छोरामाथि छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा र उनका छोरामाथि छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरामाथि सुन तस्करी प्रकरणका विषयमा छानबिन गर्न निर्देशन दिइसकेको बताएका छन्।

सम्पादकहरूसँग मंगलबार भएको भेटमा प्रधानमन्त्री दाहालले ब्रेक शुमा लुकाएर ल्याइएको सुन बरामत प्रकरणमा उपाध्यक्ष महराको बाबुछोरोको नाम जोडिएर आएको र आजभोलि नै उनीहरुमाथी छानबिन अघि बढ्ने बताएका हुन्।

उनले भने, ‘उपाध्यक्ष महरा र छोरालाई छानबिन गर्न निर्देशन दिइसकेको छु। आजभोलिमै छानबिन अघि बढ्छ।’ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा सुनकाण्डमा महरा बाबुछोराकै नाम आएकाले सोही अनुसार अनुसन्धान हुने उनले बताए।

राजश्व अनुसन्धान विभागको टोलीले साउन २ गते एयरपोर्टस्थित भन्सार कार्यालयबाट वाहिरिएको ट्याक्सीलाई नियन्त्रणमा लिएर चेक जाँच गर्दा ब्रेक
मा लुकाएर ल्याएको सुन बरामद गरेको थियो।

सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नगरीकसँग पटक पटक फोन कन्ट्याक्ट भएको भन्दै महरा बाबुछोराको संलग्नता रहेको भन्दै आमसञ्चार माध्यममा बाहिरिएको छ। यद्यपी कृष्ण बहादुर महराले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र छानविनमा सरकारलाई सघाउने बताउँदै आएका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण ३१, १३: १६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण ३१, १३: १६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण ३१, १३: १६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...