सांसद चन्द्र भण्डारी कीर्तिपुरस्थित वर्न अस्पताल भर्ना – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सांसद चन्द्र भण्डारी कीर्तिपुरस्थित वर्न अस्पताल भर्ना

काठमाडौं। नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल कीर्तिपुरस्थित वर्त अस्पताल भर्ना भएका छन्। गत फागुन ३ गते आफ्ने घरमा ग्यास लिक भएर आगलागीमा परेर भारतमा उपचार गरी नेपाल फर्किएका भण्डारी फलोअपका लागि बुधबार कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन्।

लामो समय भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गरेर स्वदेश फर्किएका भण्डारीले आफू बुधबार अस्पताल भर्ना भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।

अस्पताल भर्ना हुनुअघि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘समय न हो निर्णायक, जुन कसैको हातमा छैन। कोसिस न हो, सबैलाई जस्तै जीजिविषाको चाहना मलाई पनि छ। इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शैय्यामा केही समयमा।’

उनको अवस्था सामान्य रहेको र नियमित उपचारका लागि अस्पताल भर्ना भएको पारिवारिक स्रोतले बतायो।

गत फागुनमा बुद्धनगरस्थित आफ्नै घरमा आगलागी हुँदा आमा हरिकलाको निधन भएको थियो भने गम्भीर घाइते भएका भण्डारीलाई थप उपचारका लागि ४ फागुनमा एयर एम्वुलेन्समार्फत मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएको थियो।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण ३१, १७: ०३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण ३१, १७: ०३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० श्रावण ३१, १७: ०३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...