
काठमाडौं। नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पस इकाइ समिति सभापति विवेक लामा घिसिङले नेविसंघ केन्द्रले गरिररहेका गतिविधिहरूप्रति असन्तुष्टि जनाउँदै आपत्ति जनाउएका छन्। कतिपयले भने राजिनामा दिएका छन्।
गत साउन २२ गते नेपाली कांग्रेसले शेर्पाको अध्यक्षतामा गठिन नेविसंघ केन्द्रीय समितिमा ७१० सदस्य मनोनयन गरेकोमा लामा पनि केन्द्रीय सदस्य मनोनित भएका थिए।
तर, आफूसँग सल्लाह नै नगरेर नेविसंघ केन्द्रीय समितिमा राखेको र अन्य थुप्रै विद्यार्थी नेताहरूको भावना समेट्न नसकेको भन्दै लामाले केन्द्रीय सदस्य नरहने गरी २० मिनेटभित्रै राजीनामा दिए।
लामामात्र होइन, नेविसंघ केन्द्रीय समितिको निर्णयप्रति असन्तुष्टि जनाउँदै एलिजा ढकाल र मुकेश घिमिरेलगायतले पनि केन्द्रीय समितिमा नरहेको घोषणा गरेका छन्। गत साउन २२ गते सभापति शेरबहादुर देउवाले ७१० सदस्यीय नेविसंघ गठन गर्दा समावेशी नभएको भन्दै चर्को विरोध भइरहेको हो।
नेविसंघ काठमाडौं जिल्ला सभापति, शंकरदेव क्याम्पस इकाइ सभापति, त्रिभुन विश्व विद्यालय कीर्तिपुर नेविसंघ इकाइ सभापतिलगायत थुप्रै ठाउँमा केन्द्रीय सभापति शेर्पाले बक्रदृष्टि देखाएपछि चरम असन्तुष्टि निम्तिएको छ।
काठमाडौंका साविक सभापति मनीष डङ्गोललाई थाहा नदिकन ७१० सदस्यीय जम्बो केन्द्रीय टिमको सदस्य बनाउँदै शेर्पाले अंशुल केसीलाई जिम्मेवारी दिएपछि काठमाडौंमा विवाद बढेको हो।
मनिष डङ्गोलले एक विज्ञप्ति जारी गर्दै आफू जिल्ला सभापति नै रहेको दाबी गरेका छन्। धोकाधडी तरिकाले एकाधिकारवादले संगठन गरेको भन्दै डंगोलले केन्द्रीय सदस्यको जिम्मेवारी अस्वीकार गरेको बताएका छन्।
नेविसंघ केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि जनाउँदै केही विद्यार्थी नेताहरूले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला र प्रमुख सचेतक रमेश लेखकलगायतलाई नेविसंघ विधान बुझाउँदै विधानसम्मत समिति गठन गर्न माग गरेका छन्।
पार्टीले विधानअनुसार नेविसंघ गठन नगरे समानान्तर समिति घोषणा गर्ने चेतावनी असन्तुष्ट पक्षको छ। उनीहरूले गत साउन २४ गते सानेपामा विद्यार्थी भेला गरेर नेविसंघ समानान्तर समिति घोषणा गर्ने तयारी गरेका थिए।
नेविसंघ अध्यक्ष शेर्पा पक्ष र असन्तुष्ट पक्षले सानेपास्थित पार्टी कार्यालय अघि सडकमा एकअर्काविरूद्ध नाराबाजी गरेका थिए। ठूलो संख्यामा प्रहरी परिचालन गरेर समानान्तर समिति गठनको कार्यक्रम कांग्रेस केन्द्रीय कार्यालयले नै रोकेको थियो।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका नेविसंघ पनि असन्तुष्ट छन्। आफूहरूले नाम बुझाएका २१ जनाको नाम काटिएको भन्दै उनीहरूले विरोध गरिरहेका छन्। सभापति शेरबहादुर देउवालाई भेटेर नेविसंघ केन्द्रीय समिति समावेशी गराउन मागसमेत भएको छ।
असन्तुष्ट विद्यार्थी अनशनमा
नेविसंघको असन्तुष्ट पक्षले नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनशनसमेत सुरू गरेका छन्। बुधबार अपराह्नदेखि रिले अनशन सुरू गरिएको नेता विनोद शाही ठकुरीले जानकारी दिए।
नेविसंघ केन्द्रीय समिति विधानअनुसार समावेशी बनाउनुपर्ने उनले बताए। नेविसंघका नेता योगेन्द्र रावलका अनुसार विधानसम्मत केन्द्रीय समिति गठनको माग गर्दै अनशन गरिएको हो।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा नेविसंघको असन्तुष्ट पक्षले सुरु गरेको रिले अनसनको आज दोसं्रो दिन निश्चल घिमिरे र दिनेश कार्की अनशन बसेका छन् । नेताहरूका भागबन्डाका आधारमा तदर्थ समिति बनाइएको र उक्त समिति विधानसम्मत नभएको दाबी असन्तुष्ट पक्षको छ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...