
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्।
संघीय संसदका दुवै सदन विगत दुई सातादेखि अबरुद्ध बैठक सुचारु गर्न सहमति जुटाउने उदेश्यले सर्वदलिय बैठक बोलाउन लागेका हुन्।
स्रोतका अनुसार राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिको जिम्मेवारी अन्तर्गत सर्वदलीय बैठक बोलाउने तयारी भएको हो।
राष्ट्रपतिमा निर्वाचित भएपछि सबै दलका नेतासँग भेट्ने अवसर नपाएको बेला उनले वैठक बोलाउने तयारी गरेका हुन्। राष्ट्रपति निर्वाचित भए लगतै बिरामी भएपछि भेट्ने अवसर मिलेको थिएन।
सबै दलका नेतासँग भेट गर्ने र संसदको गतिरोध अन्त्य गर्ने विषयमा पनि सहजीकरणको प्रयास गर्ने स्रोतले बतायो।
राष्ट्रपति पौडेलले राजनीतिक दलका नेताहरुको अनुकुल समय हेरेर छिटै बैठक बोलाउने तयारी गरेका छन्। यसबारे अन्य दलहरूले पनि आफ्नो तर्फतबाट तयारी गरिरहेका छन्।
बिहीवार पूर्वनिर्धारित कार्यक्रम अनुसार दुई देशका राजदुतको ओहोदाको प्रमाणपत्र बुझाउने तय रहेकाले सर्वदलिय बैठक नभएको स्रोतले बतायो।
सर्वदलिय बैठकका बारेमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री, विपक्षी दलका नेता र कांग्रेस सभापतिसँग छलफल गरिसकेका छन्।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...