काठमाडौं । सरकारले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको मासिक पारिश्रमिक साउन १ गतेदेखि लागू हुने गरी बृद्धि गरेको छ।
औपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार तीन सय रुपैयाँ र चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै १३ हजार आठ सय ९३ रुपैयाँ तोकिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्धारण गरेको पारिश्रमिक आज राजपत्रमा प्रकाशित भएसँगै औपचारिक क्षेत्र र चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको हो।
वृद्धि भएको पारिश्रमिकमा औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको मासिक न्यूनतम पारिश्रमिकमा १० हजार आठ सय २० आधारभूत पारिश्रमिक र छ हजार चार सय ८० रुपैयाँ महङ्गी भत्ता रहेको छ।
यस्तै, प्रतिघण्टा ८९ रुपैयाँ, दैनिक छ सय ६८ रुपैयाँ र आंशिक समय मात्र काम गर्ने श्रमिकको प्रतिघण्टा ९५ रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ।
चिया बगानका श्रमिकका हकमा आठ हजार नौ सय ३४ रुपैयाँ आधारभूत र चार हजार नौ सय ५९ रुपैयाँ महङ्गी भत्ता गरेर मासिक १३ हजार आठ सय ९३ रुपैयाँ न्यूनतम पारिश्रमिक तोकिएको हो।
चिया बगानका श्रमिकलाई आधारभूत र महङ्गी भत्ता जोडेर दैनिक पाँच सय रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ।
चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको समेत दैनिक भत्ता ६३ रुपैयाँ निर्धारण गरिएको छ ।
उपर्युक्त पारिश्रमिकका अतिरिक्त श्रम ऐन–२०७४, योगदानमा आधारित सामाजिक सुरक्षा–२०७४, श्रम सम्झौता, नियुक्ति पत्र र श्रमिकले पाउने सञ्चयकोष, उपदानलगायतका सुविधा अनिवार्य रूपमा हुनुपर्ने राजपत्रमा उल्लेख छ।
न्यूनतम पारिश्रमिक निर्धारण गर्ने अधिकारप्राप्त स्थानीय तह वा अन्य निकायले मन्त्रालयले तोकेको भन्दा कम नहुने गरी न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने छ।
कास्की : जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरेको...
काठमाडौं : सर्वाेच्च अदालतले आउँदो भदाै २९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ गर्ने भएको छ ।...
काठमाडौं।नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नस्वीकार्ने र विरोध गर्ने जनाएको छ।बिहीबार अहिलेको घटनाक्रमबारे...