अबुजा। अफ्रिकी राष्ट्र नाइजेरियाको उत्तरी क्षेत्रमा सशस्त्र विद्रोहीहरू विरुद्धको अभियानका क्रममा एम्बुस पर्दा र हेलिकप्टर दुर्घटना हुँदा ३६ नाइजेरियाली सैनिकको मृत्यु भएको छ।
नाइजेरियाली सेनाले बिहीबार जनाएअनुसार उत्तरी क्षेत्रमा सशस्त्र आतंङ्कारीसँगको झडपमा तीन सैन्य अधिकृतसहित २२ सैनिकको मृत्यु भएको छ।
त्यस्तै, हेलिकप्टरलाई छिमेकी नाइजरको वुशीशीमा सशस्त्र गिरोहहरूले गोली हानेका थिए। जसले नाइजेरियाको उत्तरी क्षेत्रमा बन्दुकधारीहरूको बढ्दो शक्तिलाई लिएर चिन्ता बढाएको छ।
रक्षा प्रवक्ता मेजर जनरल एडवर्ड बुबाका अनुसार सेनाले सोमबारदेखि नाइजेरियामा अपरेशन गरिरहँदा सशस्त्र गिरोहले उनीहरूलाई आक्रमण र गोली प्रहार गरेका थिगए। गोली हानाहानमा तीन सैनिक अधिकृत र २२ सैनिकको मृत्यु भएको छ। सात सैनिक घाइते भएका छन्।
बुबाले नाइजेरियाको वायु सेनाको हेलिकप्टरलाई त्यसपछि हताहत भएकाहरूलाई बाहिर निकाल्न पठाइएकोमा त्यो दुर्घटनाग्रस्त भयो, जसमा पाइलट र चालक दलका सदस्यहरू सहित १४ सैन्य कर्मचारीको मृत्यु भएको जनाए।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए। रक्षा प्रवक्ताले भने कि दर्जनौं आतङ्ककारी समूहका सदस्यहरू या त मारिएका छन् वा अन्य धेरै सैन्य अपरेशनहरूमा हिरासतमा छन्। उनले नाइजेरियाली सेना देशको अशान्त क्षेत्रमा शान्ति स्थापना गर्न कटिबद्ध रहेको बताए।
यस आक्रमणले नाइजेरियाका राष्ट्रपति बोला अहमद अडेकुन्ले टिनुबुका लागि नयाँ चुनौतीहरू खडा गरेको छ, जसले हालैको सैन्य कू पछि छिमेकी नाइजरमा प्रजातन्त्र पुनर्स्थापना गर्न इकोवासको पश्चिम अफ्रिका क्षेत्रीय ब्लकद्वारा प्रयासहरूको नेतृत्व गरिरहेका छन्।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...