आतङ्ककारीको आक्रमणमा ३६ नाईजेरियाली सैनिकको मृत्यु – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

आतङ्ककारीको आक्रमणमा ३६ नाईजेरियाली सैनिकको मृत्यु

अबुजा। अफ्रिकी राष्ट्र नाइजेरियाको उत्तरी क्षेत्रमा सशस्त्र विद्रोहीहरू विरुद्धको अभियानका क्रममा एम्बुस पर्दा र हेलिकप्टर दुर्घटना हुँदा ३६ नाइजेरियाली सैनिकको मृत्यु भएको छ।

नाइजेरियाली सेनाले बिहीबार जनाएअनुसार उत्तरी क्षेत्रमा सशस्त्र आतंङ्कारीसँगको झडपमा तीन सैन्य अधिकृतसहित २२ सैनिकको मृत्यु भएको छ।

त्यस्तै, हेलिकप्टरलाई छिमेकी नाइजरको वुशीशीमा सशस्त्र गिरोहहरूले गोली हानेका थिए। जसले नाइजेरियाको उत्तरी क्षेत्रमा बन्दुकधारीहरूको बढ्दो शक्तिलाई लिएर चिन्ता बढाएको छ।

रक्षा प्रवक्ता मेजर जनरल एडवर्ड बुबाका अनुसार सेनाले सोमबारदेखि नाइजेरियामा अपरेशन गरिरहँदा सशस्त्र गिरोहले उनीहरूलाई आक्रमण र गोली प्रहार गरेका थिगए। गोली हानाहानमा तीन सैनिक अधिकृत र २२ सैनिकको मृत्यु भएको छ। सात सैनिक घाइते भएका छन्।

बुबाले नाइजेरियाको वायु सेनाको हेलिकप्टरलाई त्यसपछि हताहत भएकाहरूलाई बाहिर निकाल्न पठाइएकोमा त्यो दुर्घटनाग्रस्त भयो, जसमा पाइलट र चालक दलका सदस्यहरू सहित १४ सैन्य कर्मचारीको मृत्यु भएको जनाए।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए। रक्षा प्रवक्ताले भने कि दर्जनौं आतङ्ककारी समूहका सदस्यहरू या त मारिएका छन् वा अन्य धेरै सैन्य अपरेशनहरूमा हिरासतमा छन्। उनले नाइजेरियाली सेना देशको अशान्त क्षेत्रमा शान्ति स्थापना गर्न कटिबद्ध रहेको बताए।

यस आक्रमणले नाइजेरियाका राष्ट्रपति बोला अहमद अडेकुन्ले टिनुबुका लागि नयाँ चुनौतीहरू खडा गरेको छ, जसले हालैको सैन्य कू पछि छिमेकी नाइजरमा प्रजातन्त्र पुनर्स्थापना गर्न इकोवासको पश्चिम अफ्रिका क्षेत्रीय ब्लकद्वारा प्रयासहरूको नेतृत्व गरिरहेका छन्।

सम्बन्धित समाचार

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
  • २०८० भाद्र १, १५: १३

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०८० भाद्र १, १५: १३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०८० भाद्र १, १५: १३

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...