
इस्लामबाद। पञ्जाब प्रान्तको किस्तानका २१ वटा गिर्जाघरमा अतिवादी कट्टर मुश्लीमको भीडले आक्रमण गरेर क्षति पुर्याएका छन्। त्यसको आरोपमा प्रहरीले हालसम्म एक सय ३५ जनालाई पक्राउ गरेको छ।
सरकारले बिहीबार दंगाको उच्च स्तरीय छानबिनको आदेश दिइसकेको छ भने क्षतिग्रस्त सबै गिर्जाघर र अल्पसंख्यक इसाईहरूको घरहरू मर्मत गर्ने वाचा गरेको थियो।
लाहोरबाट १३० किलोमिटर टाढा रहेको फैसलाबाद जिल्लाको जरनवाला सहरमा ईश निन्दाको आरोपमा बुधबार आक्रोशित भीडले २१ गिर्जाघर र इसाई धर्मावलम्बीका धेरै घरमा तोडफोड र आगजनी गरेका छन्।
अर्कोतर्फ क्रिश्चियन समुदायले बिहीबार विरोध प्रदर्शन गरेका छन्। पञ्जाबका कार्यवाहक सूचना मन्त्री अमिर मिरले बिहीबार भने कि आतंकवाद र ईश्वर निन्दाको आरोपमा ६०० संदिग्धविरुद्ध मुद्दा दर्ता गरिएको छ।
पञ्जाब प्रहरीले यस मामिलामा १ सय ३५ बदमाशलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा कट्टरपन्थी समूह तेहरिक ए लब्बैक पाकिस्तानका सदस्यहरू पनि थिए।
मिरले भने कि यस क्षेत्रमा शान्ति पुनर्स्थापित भएको छ र प्रहरी र रेन्जरहरूको ठूलो फौज गिर्जाघर र अल्पसंख्यक इसाई समुदायका घर बाहिर तैनाथ गरिएको छ। उनले विभिन्न भवनमा क्षति पु¥याउने प्रयासलाई प्रहरीले असफल बनाएको बताए।
उनले यस विषयमा मुख्यमन्त्रीले उच्चस्तरीय छानबिन गर्न आदेश दिएको र यस जघन्य अपराधमा संलग्न व्यक्ति न्यायबाट उम्किन नसक्ने बताए।
यसैबीच, पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले तीनदेखि चार दिनभित्र अल्पसंख्यक क्रिश्चियन समुदायका सबै चर्च र घरहरू पुनर्स्थापित गर्ने वाचा गरे, जुन भीडले आक्रमण गरी जलाएको थियो।
जारनवालामा सात दिनका लागि धारा १४४ लागू गरी सरकारी कार्यक्रमबाहेक सबै प्रकारका जमघटमा रोक लगाइएको छ। बिहीबार जरानवालाका सबै शैक्षिक संस्था, बजार र व्यापारिक प्रतिष्ठान बन्द रहे ।
अर्कोतर्फ, फैसलाबादका क्रिश्चियन समुदायका नेताहरूले बिहीबार जरानवालामा उनीहरूको पवित्र स्थान र घरहरूमा भएको क्षतिको आंकलन गरेका छन्।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...
काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...