
रसुवा। जिल्लाको टिमुरेबाट सायाँफ्रुबेसीतर्फ आइरहेका एक वइक्तिबाट प्रहरीले २ किलो सुन बरामत गरेको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) ज्योतिराम केसीले शनिबार साँझ ५ बजे प्रहरीले चेक गर्ने क्रममा २४ वर्षका सुदीप शेर्पालाई बिस्कुटको आकार बनाइएको सुनसहित पक्राउ परेको बताइ ।
स्याफ्रुवेशीबाट गएको नियमित प्रहरी चेकिङ टोलीले सुराकी पाएपछि उनलाई रोकेर खानतलासी गर्दा शेर्पाले सेतो रङको टिसर्टभित्र लगाएको कालो चेस्टगार्डमा राखेर ल्याएको सुन फेला परेको थियो ।
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–५ पोखरीका शेर्पाले सोधपुछका क्रम उक्त सुन सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भई अहिले रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले आफूलाई दिएको बताएका थिए।
प्रहरीले केही समयपछि फुसाङ्वुलाई पनि पक्राउ गरेको थियो। उनीहरू दुबै जना र सुनको अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय ललितपुर पठाइएको डिएसपी केसीले जानकारी दिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...