संसद अवरुद्ध हुनुमा सरकार र प्रतिपक्ष दुवै दोषीः डा.शेखर – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

संसद अवरुद्ध हुनुमा सरकार र प्रतिपक्ष दुवै दोषीः डा.शेखर

काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले संसद बैठक अबरुद्ध हुनुमा सरकार र प्रतिपक्षी दल दुवै दोषी भएको बताएका छन्।

संघीय संसद भवन परिसरमा आइतबार सञ्चारकर्मीसँग बोल्दै उनले तत्काल संसदको अवरोध हटाउन संयोजनकारी भूमिका निर्वाह गर्न सरकारसँग आग्रहसमेत गरे।

देश र जनताको कुरा भएकाले संसद बैठक छिटोभन्दा छिटो सञ्चालन गराउनुपर्ने उनको भनाई थियो। उनले संसदीय व्यवस्थामा प्रतिपक्षले सरकारलाई गाली गर्ने र सरकारले प्रतिपक्षले काम गर्न दिएन भन्ने कुरा स्वाभाविक भए पनि संसद बैठक भने रोक्न नहुने बताए।

नेता कोइरालाले सदन चलाउने कुरा देश र जनताका लागि आवश्यक भएकाले त्यस्ता कुरामा राजनीतिक दलहरुले अडान लिन नहुने दोहो¥याए।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८० भाद्र ३, १९: ०७

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८० भाद्र ३, १९: ०७

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८० भाद्र ३, १९: ०७

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...