काठमाडौं। लायन्स क्वल अफ नेपाल जर्नालिस्टले नागार्जुन नगरपालिका वडा नम्वर ८ स्थित भिमढुंगा थाप्लेमा रहेको महेशनारायण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाकहरु वितरण गरेको छ।
सोमबार विद्यालयमा आयोजित एक विशेष समारोहबीच लाईन्स क्लव अफ नेपाल जर्नालिष्टका अध्यक्ष दामोदर प्रसाद दवाडी, नागार्जुन नपा ८ नम्वर वडाध्यक्ष सुरज पोखरेल, लायन्स क्वल अफ नेपालका जोन चेयरपर्सन नेत्र प्रसाद न्यौपाने, लायन्स क्लव अफ नेपाल जर्नालिस्टका निवर्तमान अध्यक्ष यज्ञ ढकाल, उपाध्यक्ष रिता दवाडी, सचिव लिलाराज खनाल, समाजसेवी कल्पना श्रेष्ठले ती सामग्री वितरण गरेका थिए।
क्लवले विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको रुपमा कलम कापी, विद्यालय पोशाक, झोला र जुत्ता उपलब्ध गराएको थियो।
विद्यालयका प्रधानाध्यापक विनोद खनालले राजधानी काठमाडौंको नजिकमा रहे पनि नीजि विद्यालयमा बालबालिका पढाउने फेसन चलेको भन्दै विद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराएकोमा क्लवका पदाधिकारीहरुलाई धन्यबादी दिएका थिए ।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...