लायन्सका सात वटा क्लवका पदाधिकारीको सपथ तथा पदस्थापन कार्यक्रम सम्पन्न – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

लायन्सका सात वटा क्लवका पदाधिकारीको सपथ तथा पदस्थापन कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्वल अफ इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एफ अन्तरगतका सात वटा क्वलका पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण तथा पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ।

राजधानीको धुम्वराहीस्थित दियो पार्टी प्यालेसमा लायन्स क्लव इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एफका डिष्ट्रिक गभर्नर लायन शिवकुमार कटवालले सात वटा क्लवका नवनिर्वाचित अध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरुलाई विधिगत रुपमा सपथ ग्रहण गराएका थिए।

सपथ ग्रहण लायनहरु लायन्स क्लब अफ काठमाडौं बिनायक, लायन्स क्लब अफ काठमाडौ धुम्वाराही, लायन्स क्लब अफ काठमाडौ डब, लायन्स क्लब अफ काठमाडौ कागेश्वरी, लायन्स क्लब अफ काठमाडौ सगरमाथा, लायन्स क्लब अफ काठमाडौ टिचर्स र लायन्स क्लब अफ नेपाल जर्नालिष्टका करिव चार दर्जन बढीले सपथ ग्रहण गरेका थिए।

सो अवसरमा सपथ लिएका अध्यक्षसहितका पदाधिकारीले पदभार ग्रहण गरेका थिए। पदभार ग्रहणपछि क्लबका अध्यक्षहरुले सन् २०२३–०२४ का लागि डिष्ट्रिक्ट गभर्नर लायन कटवाल समक्ष उनले अघि सारेका योजनालाई कार्यान्वयन गर्न स्वीकारोक्ति मन्तव्यसँगै प्रतिवद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा सातवटा क्वलका अध्यक्षहरु दामोदर प्रसाद दवाडी, सुरेन्द्र शाही, कीर्तिका राजकर्णीकार, कमला लामा, नवराज ढकाल, रामसुन्दर केसी लगायतले डिष्ट्रिक्ट ३२५ एफका गभर्नर कटवालले घोषणा गरेका वार्षिक योजनालाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

सो कार्यक्रममा डिष्ट्रिक्ट ३२५ एफका गभर्नर शिवकुमार कटवालले क्लवको राष्ट्रिय, अन्तराष्ट्रिय नियम पालना गर्दै ‘खुसीका लागि सेवा’ भन्ने यो वर्षको नारालाई सार्थक बनाउन उपस्थित लायनसँग आग्रह गरे।

कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर एमके अग्रवाल, निवर्तमान डिष्ट्रिक्न गभर्नर डा.राजेन्द्र गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै मानव सेवामा लाग्न सबैसँग आग्ह गरे।
सपथग्रहण तथा पदस्थापन कार्यक्रममा डिष्ट्रिक्ट ३२५ एफका गभर्नर शिवकुमार कटुवाल प्रमुख अतिथि, विशिष्ट अतिथिहरुमा निवर्तमान गभर्नर राजेन्द्र गिरी, पीडीजी शम्भु घिमिरे, पूर्वगभर्नर मधुकर उपाध्याय, एमके अग्रवाल, लायन्स टियु व्लड बैंकका अध्यक्ष रुद्रहरि ज्ञावली, मार्केटिङ चिफ भरत प्रसाईं, डिष्ट्रिक्ट ३२५ का द्वितिय उपाध्यक्ष केशरबहादुर भण्डारी लगायत लायन्स लिडरहरुको उल्लेखनिय उपस्थिति रहेको थियो।

कार्यक्रमको पहिलो सत्रको अध्यक्षता लायन कमला लामाले गरेकी थिइन भने सहभागी क्लववको तर्फबाट लायन्स क्वब अफ नेपाल जर्नालिस्टका अध्यक्ष दामोदर प्रसाद दवाडीले धारणा राख्दै मानव सेवाका लागि आफ्नो क्वले गतिविधिलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।

 

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८० भाद्र ४, २२: ५९

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८० भाद्र ४, २२: ५९

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८० भाद्र ४, २२: ५९

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...